Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

लिटिल बडी प्रि स्कुलद्वारा अभिभावकहरुलाई अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । लिटिल बडी इन्टरनेशनल प्रि स्कुल वीरगंजकाे आयाेजनामा शनिबार स्मार्ट अभिभाव अभिमुखिकरण एवम् हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित अन्पूर्णा हाेटलमा भएकाे कार्यक्रममा सहभागि अभिभावकहरुलाई माेटिवेशनल प्रशिक्षक पुजा मरासायनीले प्रशिक्षण दिएका थिए । अभिभावहरुलाई प्रशिक्षण दिदै उनले अभिभावकहरुले आ आफ्नाे बालबालिकालाई समय दिनु पर्ने वताइन ।

अभिभावहरुले आफ्नाे नानिबाबुहरुलाई राम्राे विद्यालयमा पठाएर मात्र जिम्मेवारी पुरा नहुने वताउँदै उनले घरमा पनि ध्यान दिनु पर्ने सुझाव दिइन । उनले घरमा आफ्नाे नानीबाबु के गर्दै छन् ध्यान दिनुकाे साथै स्कुलमा पाएकाे गृह कार्य पुरा गराउनु पर्ने वताइन ।

स्कुलका निर्देशक एवम् प्रधानाध्यापक विजय बालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्याब्सन पर्साका सचिव एवम् लिटिल बडी स्कुलका निर्देशक राहुल श्रीवास्तव, लिटिल बडी स्कुलका निर्देशक सुरज बाबु पटेल, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैलागाई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, सदस्य दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा सहभागिहरुले एक आपसमा अबिरकाे टिका लगाए हाेली शुभकामना आदानप्रदन समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...