Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

पुजा सामग्री प्राेडक्ट उद्याेगमा शिलबन्दी

वीरगंज । गुणस्तरहीन अखाद्य सामग्री उत्पादन र बेचबिखन गर्ने वीरगंजकाे एक उद्योगमा प्रशासनले बिहीबार शिलबन्दी गरेको छ ।
अनुगमनका क्रममा अखाद्य र गुणस्तरहीन वस्तु उत्पादन र बिक्री वितरण गरेकाे फेला परेका वीरगंज महानगरपालिका–६ रेशमकोठीमा रहेको पूजा सामग्री प्रोडक्ट उद्योगमा सिलबन्दी गरिएको हो ।
 
उद्योगबाट च्वाईस बेकरी, खाली कार्टुन, खाली बट्टा, डाल्डाको स्वस्तिक ब्रान्ड, तयारी घ्यु, नोभा मिल्क, अमृत डाल्डा लगायतका सामग्रीसहित उद्योगको भवनलाई शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । उमेश साहले सञ्चालन गरेको उद्योगबाट बरामद भएका सामग्रीमध्ये केही सामान परीक्षणका लागि लिएर आएको पनि उनले जानकारी दिए । 
 
सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीको संयोजकत्वमा गएको अनुगमन टोलीमा गुणस्तर तथा नापतौल कार्यालय पर्साका प्रमुख मनीषकुमार दास, उद्योग प्रतिनिधि कृष्णकुमार सर्राफ, उपभोक्ता हित संरक्षण मञ्चका विशाल झा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी लगायत सहभागी थिए ।

ताजा अपडेट

थप समाचार

तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्ट सुरु, खेलले सामाजिक एकता बढाउँछ : सभापति मिश्र

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ४ तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्टकाे सुरु भएकाे छ । टुर्नामेन्टकाे एक कार्यक्रमकाे बिच राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)...

‘भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

वीरगंज । वीरगंजमा आयोजना हुने ‘भविष्य मेला’ मा सहभागी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निःशुल्क बैंक खाता खोल्ने सुविधा...

आफताब आलमलाई सफाई दिने न्यायाधीश थारुमाथि माेसाे प्रहार, ३ जना पक्राउ

वीरगंज । अफताब आलमलाई सफाई दिने उच्च अदालत वीरगंज, अस्थायी इजलासका न्यायाधीश खुसीराम थारुमाथि सोमबार इजलासमै मोसो प्रहार भएको छ । धमेन्द्र बासतोला नेतृत्वको नेकपा...