Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज महानगरले कक्षा ८ को परीक्षा एकिकृत परीक्षा प्रणाली मार्फत लिदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले यस वर्षबाट एकिकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ ।

चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परिक्षाका लागि महानगरको परीक्षा समितिले ११ वटा परीक्षा केन्द्र तोकेको छ । जसमा ६ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

सामुदायिक विद्यालयतर्फ त्रिजुद्ध मा.वि., नृसिंह मा.वि., श्रीपुर मा.वि., शारदा मा.वि.बहुअरी, माइस्थान विद्यापिठ मावि र ने.रा.मा.वि सोलकपुरमा परिक्षा केन्द्र निर्धारण गरिएको छ भने संस्थागत विद्यालय तर्फ सनलाईट मावि, मिनिल्याण्ड मावि, कादम्बरी एकेडेमी, जी.एच.पी. मावि र ओम नेशनल स्कूललाई परिक्षा केन्द्र निर्धारण गरिएको कर्णले जानकारी दिए।

यस वर्ष कक्षा ८ को महानगरस्तरीय बार्षिक परिक्षामा ३६ वटा सामुदायिक विद्यालयका ३ हजार १४१ जना र ८२ वटा संस्थागत विद्यालयका २ हजार ५२१ जना गरी कूल ५ हजार ६५७ जना विद्यार्थीले सहभागिता जनाउने कर्णले बताए ।

चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने परीक्षालाई निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मंगलबार महानगरको परीक्षा समितिले ११ वटै केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गर्नुका साथै उनीहरुका काम कर्तव्यका बारेमा जानकारी गराएको छ । परिक्षा सकिएपछि परिक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरि नीतजा तयार पारि चैत २८ गते सार्वजनिक गरिने कर्णले जानकारी दिए ।

आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उदेश्यले महानगरमा पहिलो पटक एकिकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परिक्षा लिन लागेको महानगरका शिक्षा महाशाखा प्रमुख कर्णले बताए ।

 

उनले भने, विगतमा जुन विद्यालयमा अध्ययन गरेको हो सोही विद्यालयले नै परीक्षा लिएर उत्तरपुस्तिका पनि सम्बन्धित विद्यालयले जाँच गर्ने गर्थ्यो, त्यसमा केहि विद्यालय र शिक्षकहरुबाटै चलखेल हुन्थ्यो । ती सबै विकृति अन्त्य गर्न यसपालिदेखि महानगरले एकिकृत माध्यमबाट परीक्षा लिन लागेको हो ।

कर्णका अनुसार, एकिकृत परीक्षा प्रणाली सुरुभएसँगै अब भने अध्ययन अध्यापन सम्बन्धित विद्यालयले गर्ने र त्यसको मूल्यांकन तेस्रो पक्षबाट हुने छ । विद्यार्थीको सिकाई मापन तेस्रो पक्षबाट हुँदा निष्पक्ष र यथार्थपरक हुने भएकाले महानगरले यस वर्षबाट एकिकृत परीक्षा प्रणाली सुरु गरेको महाशाखा प्रमुख कर्णले बताए ।

मंगलबार नवनियुक्त केन्द्राध्यक्षहरुलाई महानगरकान मेयर राजेशमान सिंहले नियुक्तीपत्र प्रदान गर्दै आधारभूत तहको अन्तिम परीक्षा निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्देशन दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...