Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजबाट लागु औषध खैरो हिरोइनसहित ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले वीरगंजबाट लागु औषध खैराे हिराेइनसहित ४ जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे चेकिङ टाेलीले रौतहटकाे चन्द्रनगर नगरपालिका वडा नं.५ निवासी २४ बर्षिय सेजल श्रेष्ठ र पर्साकाे जिराभवानी गाउँपालिका वडा नं.२ निवासी १९ बर्षिय बिजय साहलाई पक्राउ गरेकाे हाे ।  

वीरगंज महानगरपालिकाकाे वडा नं.१५ स्थित चालीस फिट्टे सडकखण्डमा मिति साेमबार सांझ ६:०० बजेको समयमा खटिएको चेकिङ टोलीले बा.९५ प २३०३ नम्बरको स्कुटीमा सवार दुबै जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

संकाष्पदरूपमा हिडिरहेकोमा उक्त स्कुटी रोकी खानतलासी गर्दा सेजलले लगाएको पाइन्टमा लुकाई छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

त्यसपछि दुबै जनालाई उल्लेखित लागु औषध र स्कुटीसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले वताए ।

यसैगरी प्रहरीले लागु औषधसहित नै वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट थप दुई जनालाई पक्राउ गरेकाे छ । 

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले चितवनकाे भरतपुर महानगरपालिका वडा नं.१७ शारदानगर निवासी २४ बर्षिय अमित गुरुङ र साेही ठाउँ निवासी २४ बर्षिय सुनिता वि.क.लाई पक्राउ गरेकाे हाे ।

भारतबाट नेपालतर्फ आवत जावत गर्ने सवारी साधन तथा यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा संकाष्पदरूपमा भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुकाे साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १ ग्राम फेला परेको प्रहरीले जनाएकाे छ ।

त्यसपछि दुबै जनालाई उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...