Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हुण्डी कारोबारमा सलंग्न चार जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले वीरगंजबाट शुक्रबार हुण्डी कारोबारमा सलंग्न चार जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. १० निवासी ३२ बर्षिय कुनाल कुमार जैसवाल, वीरगंज महानगरपालिका कै वडा नं. २२ निवासी ३९ बर्षिय बिरेन्द्र साह तेली, २० बर्षिय रेखा कुमारी साह र जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ६ निवासी २५ बर्षिय मितु कुमार कुर्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१० आदर्शनगर स्थित कुनाल कुमार जैसवालको किराना पसलबाट चार लाख तीन हजार नगद सहित चारै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेकाहरुकाे साथबाट विभिन्न बैंकहरूको चेकबुक १३ थान, विभिन्न मितिमा काटिएको चेक ६६ थान, मिति २०८०।१२।०१ गतेकाे नविल बैंकमा रु ४ लाख ५९ हजार ५ सय डिपोजिट गरिएकाे स्लिप १ थान, एनआइसि एशिया बैंकमा ८ लाख ३ हजार डिपोजिट गरिएकाे स्लिप १ थान, राष्ट्रिय बाणिज्य बैंकमा १८ लाख ५० हजार भरेको डिपोजिट स्लिप ३ थान फेला परेकाे प्रवक्ता थापाले वताए ।

यसका साथै उनीहरुकाे साथबाट एनराेइड स्मार्ट फाेन ७ थान र नगद रु. १ हजार दरका नोट २२४ थान, रू ५ सय दरका नोट ३३८ थान र रु १ सय दरका नोट १०० थान गरी जम्मा रु ४ लाख ३ हजार समेत फेला परेको थापाले वताए ।

 निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...