Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नारायणी अस्पतालको मुद्दा तत्काल छिनाेफानाे गर्न सांसद यादवले गराए सर्वाेच्चकाे ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नारायणी अस्पतालकाे मुद्दा तत्काल छिनोफानो गरेर निकास दिन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाकाे शुक्रबारकाे बैठकमा वाेल्दै सांसद यादवले अस्पतालको भौतिक संरचना निर्माणको विषयमा विभाग र ठेकेदारको लडाइमा नारायणी अस्पतालको पाँच सय शैय्याको अस्पतालको निर्माण ओझेलमा परेको वताए । उनले त्यस कारण जनताले दुख भोगिरहेकाेले तत्काल मुद्दाको छिनोफानो गरेर निकास दिन सर्वोच्च अदालतको ध्यानाकर्षण गराए ।

जनता समाजवादी पार्टी प्रमुख सचेतक एवम् पूर्व मन्त्री समेत रहेका सांसद यादवले वीरगंजको नारायणी अस्पतालमा भौतिक संरचनाको अभावले विरामीले दुख भोगिरहेकाे प्रतिनिधि सभाकाे बैठकमा जानकारी गराउँदै निकास दिन सार्वाेच अदालतकाे ध्यानकार्षण गराएका हुन् ।

 उनले भने “नारायणीलाई पाँच सय शैय्याको अस्पताल बनाउने लक्ष्यअनुसार सरकारले अस्पताल निर्माणको लागि करिब डेढ अर्बको लागतमा पछिल्लोपटक ८ वैशाख ०७६ मा बोलपत्र आह्वान गरेको थियो । तर सहरी विकास तथा भवन निर्माण विभागले केही कागजात र भौचरको नाम फरक भएको कारण ठेक्का रद्ध गर्यो । अर्को बोलपत्र आह्वान भयो । त्यसविरुद्ध ठेकेदार कम्पनीले उच्च अदालतमा रिट दायर गर्यो । अदालतले १७ कात्तिक ०७७ मा दोस्रो बोलपत्र रद्ध गर्यो । यो आदेशविरुद्ध २ पुस ०७७ मा भवन निर्माण विभागले सर्वोच्च अदालतमा निवेदन दर्ता गर्यो र अहिलेसम्म विचाराधीन छ । पेशीमा चढ्छ, सुनुवाइ हुँदैन, फैसला पनि हुँदैन ।”

अर्काे प्रसंगमा कुरा राख्दै सांसद यादवले वीरगंजमा खानेपानी अभावकाे समस्या अन्त्य गर्न माग गरेका हुन् । उनले जनशक्ति र बजेटको अभावमा खानेपानी संस्थानलाई धेरै समस्या भएको वताउँदै वीरगंजमा खानेपानीको अभाव अन्त्य गर्नको लागि नेपाल सरकारको एक्सन प्लान के छ ? प्रश्न समेत गरेका छन् ।

उनले भने “गर्मीको दिन आइसकेकाले अबका केही दिनमा वीरगंजका सबै चापाकल सुक्छ जानकारले बताइरहेका छन् । सबै चापाकलको पानि सुक्यो भने वीरगंजमा पानीको अभावले विकराल अवस्था आउँछ । कुनै बेला सइ फिटमा पानी आउथ्यो, अहिले ३ सयको लेयरमा पनि पानी छैन । सरकारी धारा जडानका लागि खानेपानी संस्थानमा सेवाग्राहीको भिड भइरहेको छ । त्यही भएर समस्या अन्त्य गर्न माग गर्दछुं ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...