Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

छाेराले केटी भगाएकाे आराेपमा पर्सा प्रहरीले आमालाई हिरासतमा राखि मानसिक यातना दिदै

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएर मानसिक यातना दिदै आएकाे समाचार प्राप्त भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाकाे वडा नं. १८ निवासी ४२ बर्षिय सुगान्धि देवीलाई बिहिबार विहानदेखि नियन्त्रणमा लिएर मानसिक यातना दिदै आएकाे समाचार प्राप्त भएकाे हाे ।

सुगान्धिकाे छाेराले केटी लिएर भागेकाे आराेपमा उनलाई प्रहरीले अनुसन्धानकाे नाममा नियन्त्रण लिएर मानसिक यातना दिदै आएकाे उनका परिवारजनले आराेप लगाएका छन् । प्रहरीले विहिबार विहान ११ बजे जिल्ला प्रहरी कार्यालयमा सुगान्धिलाई साेधपुछकाे लागि बाेलाएकाे थियाे । साेधपुछ कै क्रममा साेही दिन देखि गैर कानुनि ढंगले अझै सम्म हिरासत मै राखेकाे छ । 

नियम अनुसार कुनै पनि व्यक्तिलाई अनुसन्धानकाे लागि २४ घण्टा सम्म मात्र राख्न सकिने प्रावधान रहेपनि सुगान्धिलाई नियन्त्रणमा लिएकाे २८ घण्टा वितिसक्दा पनि प्रहरीले अझै सम्म अनुसन्धान नै भइरहेकाे जनाएकाे छ ।

सुगान्धिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले वताए । उनले भने “सुगान्धिकाे छाेराले केटी लिएर भागेका छन् । जसमा उनकाे पनि सलंग्ना देखिएकाेले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे छ ।”

छाेराले केटी लिएर भागेपछि आमालाई नियन्त्रणमा लिन मिल्छ भने पत्रकारकाे प्रश्नमा हामी अनुसन्धान गरिरहेकाे भन्दै उनले फाेन काटी दिए ।”

समाचार स्राेतका अनुसारका हरिखेतान बहुमुखि क्याम्पसकाे बिबिए प्रथम बर्षमा अध्ययनरत २० बर्षिय केटी प्रेम सम्बन्धमा परि भागेकी छन् । जुन केटीकाे अभिभावकाे उजरी र दबावमा आएर प्रहरीले आराेपित केटाकाे आमालाई हिरासतमा राखि मानसिक यातना दिदै आएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...