Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सा प्रहरीद्वारा फागुन महिनामा ९३ जना फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले फागुन महिनामा ९३ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । गत फागुन महिनामा विभिन्न मुद्दाका ९३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

यसका साथै फागुन महिना मै भन्सार छलीकाे ३ करोड ३१ लाख २ हजार ३ सय २३ बराबरका सामानहरू बरामद गरी गरिएकाे प्रवक्ता थापाले जानकारी वताए ।

विभिन्न मिति, समय तथा स्थानहरू भन्सार छली चोरी पैठारी गरी वीरगंज भित्राउन लागेको चिनी, खाने तेल, चक्लेट, प्याज लगायतका खाद्यान्न मालबस्तुहरू, हार्डवेयर पार्टस, विभिन्न किसिमका लत्ताकपडाहरू, पेयपदार्थ कोल्ड ड्रिंक्स, जुत्ता चप्पल र भाडाकुडा लगायतका सामानहरू  बरामद गरिएकाे थापाले वताए ।

बरामद सामान थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्याले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...