Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नारायणी रंगशाला पुनर्निर्माण गर्न सांसद यादवको माग

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदिप यादवले वीरगंजको नारायणी रंगशाला पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले मन्त्रिमण्डल पुर्नगठन भएर नयाँ अर्थमन्त्री र युवा खेलकुद मन्त्री आएको भन्दै मधेश प्रदेशको गौरवको रुपमा रहेको ऐतिहासिक नारायणी रंगशाला पुनर्निर्माण अगाडि बढाउन माग गरेका हुन् ।

दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण गर्ने भनेर चार वर्ष अगाडि डिपीआर बनेको र दुई वर्षसम्म आंशिक रुपमा काम भए पनि बजेट अभावले रोकिएको उल्लेख गर्दै यादवले बाँकी काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

‘केही वर्षअगाडि राष्ट्रिय खेलकुद परिषदले डिपिआर बनाएको थियो, त्यो डिपिआर दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण हुन्छ भनेर सरकारलाई जानकारी गराएको थियो । सरकारले सात करोड रुपैयाँ विनियोजन गरेको थियो । टेण्डर पनि आह्वान गर्यो, तर हात्तीको मुखमा जिरा । चार वर्ष अगाडि सात करोड रुपैयाँ गएको, दुई वर्ष आंशिक निर्माण भएको र त्यसपछि बाँकी निर्माण अलपत्र परेको छ,’ उनले भने ।

काठमाडौंको दशरथ रंगशालासँगै स्थापना भएको नारायणी रंगशाला पुनर्निर्माणको पर्खाइमा खण्डहर बन्दा खेलहरु हुन छाडेको उनको भनाई थियो । ‘काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको १८ विगा जग्गामा अवस्थित नारायणी रंगशालामा क्रिकेट र फुटबललगायत खेल हुन्छ । तर, अहिले खण्डहर बनेको कारणले खेलहरु सुकेको छ । क्रिकेट हुन्छ तर, फुटबल खेल हुँदैन,’ उनले भने ।

यादवले रंगशालाको पुनर्निमाण गरेर क्षेत्रीय स्तरको बनाउन माग गरे । ‘अरु रंगशालामा सरकारको ध्यान छ । तर वीरगंजमा ध्यान पुग्न सकेको छैन । अब पुनर्गठित मन्त्रिमण्डलमा नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आउनुभएको छ । रंगशालाका लागि खेलकुदमन्त्रीले बजेट माग गर्ने र अर्थमन्त्रीले यसै वर्ष २ अर्ब निकासा गर्ने विश्वास छ,’ उनले भने ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...