Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

मानव बस्तीमा आतंक मच्चाउँदै आएकाे बाघ नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी र पटेर्वा सुगाैली गाउँपालिकामा आतंक मच्चाउँदै आएकाे मध्येका एउटा बाघलाई नियन्त्रणमा लिइएको छ । विगत एक महिनादेखि दुबै गाउँपालिका क्षेत्रकाे मानव बस्तीमा आतंक मच्चाउँदै आएका बाघ सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर २ स्थितबाट नियन्त्रणमा लिइएकाे हाे ।

३ वटा हात्ती सहित पर्सा र चितवन राष्ट्रिय निकुञ्जबाट खटिएकाे प्राविधिक टाेलीले बिहीबार दिउँसो भाले पाटे बाघलाई डार्ट हानेर नियन्त्रणमा लिएकाे सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिए । 

उनका अनुसार बाघ नियन्त्रणकाे लागि विगत १० दिनदेखि ३ वटा हातीसहितकाे प्राविधिक टाेली खटिएकाे थियाे । उक्त टाेलीले डार्ट हानेर बाघलाई बेहाेश पारी नियन्त्रणमा लिएको हाे । दुवै निकुञ्जका प्राविधिक र डिभिजन वन कार्यालय पर्साकाे संयुक्त टाेलीले उखुबारीबाट उक्त बाघलाई नियन्त्रणमा लिएको प्रमुख यादवले वताए ।

एउटा भाले र एउटा पाेथी बाघले पर्साकाे सखुवा प्रसाैनी र पटेर्वा सुगाैली गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाे थियाे । बाघकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे भइसकेकाे छ भने एक जना घाइतेपनि भएको थियाे । राष्ट्रिय वन क्षेत्र नजिकका ती गाँउमा उक्त बाघले दर्जनाैं चाैपायापनि मारेकाे थियाे ।

बुधबार राति सिसिटिभी क्यामेरामा रेकर्ड भएकाे फुटेजका आधारमा बिहीबार दिउँसो सखुवा प्रसाैनी २ काे उखुबारीमा दुईमध्ये एउटा बाघ लुकेर बसेकाे अवस्थामा फेलापरेपछि डाट हानेर नियन्त्रणमा लिइएकाे डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहले वताए र

दुई मध्ये एउटा १८ महिनाकाे भाले बाघलाई नियन्त्रणमा लिन सफल भएकाे र अर्को पाेथी बाघ भने अझै फेला पर्न नसकेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...