Date
शनि, भदौ ६, २०८३
Sat, August 22, 2026

स्रोत नखुलेको भारतिय रुपैयासहित ४ जना पक्राउ

spot_img
spot_img
वीरगंज । स्राेत नखुलेकाे भारतिय रुपैयासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मकवानपुरका हेटौडा उपमहानगरपालिकाकाे वडा नं. १५ स्थितबाट ३ भारतियसहित ४ जनालाई नियन्त्रणमा लिएकाे हाे ।
 
भारत विहार राज्य सितामढी थाना भुभैरवो वडा नं. ९ निवासी ३० बर्षिय राकेश कुमार राय, साेही ठाउँ निवासी नै ३० बर्षिय चान्द बाबु, ३७ बर्षिय अशोक राय र जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं. ४ निवासी ३२ बर्षिय निजाम मिँयालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । 
 
रातोमाटे चेक प्वाईन्ट स्थित शनिबार राति ११:५५ बजेको समयमा पुर्व-पश्चिम सडक खण्डमा बिरगंज तर्फबाट हेटौडा तर्फ आउँदै गरेकाे बिआर ०१ एआर २९९१ नम्बरकाे कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कारमा सवार चारै जनाकाे साथबाट लुकाई छिपाई गरी राखेको अवस्थामा पाँच लाख उनन्पचास हजार भारतिय रुपैया र दुई लाख पचास हजार नेपाली रुपैया फेला परेकाे प्रहरीले जनाएकाे छ ।
 
उक्त स्राेत नखुलेकाे रुपैया र कारसहित ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेस विज्ञप्ति मार्फत जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...