Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

लिभिङ्ग विथ इनभाइरोन्मेन्ट पर्सा शाखाकाे पदास्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । लिभिङ्ग विथ इनभाइरोन्मेन्ट पर्सा शाखाकाे पदास्थापन कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । संस्थाकाे  साधारण सभाले चयन गरेकाे जिल्ला शाखाकाे नयाँ नेतृत्वकाे पदस्थापन कार्यक्रम सम्पन्न भएकाे हाे ।

संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वयक अनमिका तिवारी, उप समन्वयक लकी बर्णावल, सचिव आयुष्मा सोनी, काेषाध्यक्ष सुमन ठाकुर, कार्यक्रम समन्वयक आलोक मण्डल, सार्वजिक सम्पर्क अधिकारी उज्वल राउत, सदस्यहरू प्रार्थना शाह, बिकी सिंह, धिरज कुशावाहालाई प्रमाण पत्र वितरण गर्दै पदास्थापन गराइएकाे थियाे ।

साथै संस्थाकाे साधारण सभाले पर्यावरण अभियानमा काम गर्ने वा पर्यावरणको संरक्ष प्रोत्साहन गर्ने व्यक्तिहरूलाई २०२५ देखि प्रतिवर्ष १० हजार रुपैयाँको सहायता प्रदान गर्ने निर्णय गरेकाे केन्द्रिय अध्यक्ष चाैहानले जानकारी दिए । 

कार्यक्रमलाई सम्बाेधन गर्दै जनता समाजवादी पार्टीका पर्सा सचिव तवरेज अहमदेले युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ भएको बताए । उनले भने “उमेर त एउटा कुराहो युवाको परिभाषाकालागि तर युवा जोश र जाँगर निष्ठा र क्रियाशिलतालाई उमेर हदको घेरा भित्र सीमित हुनुहुँदैन ।”

उनले आजको काम गर्ने विषय नै वातावरण भएकाे वताए । स्वच्छ वातावरण नभए बाँच्न नसकिने वताउँदै पर्यावरण बचाउन अभियानमा युवाहरु लाग्नु पर्ने वताए । वातावरणले चाैतर्फी विकासमा समेत याेगदान पुर्याउने गरेकाे उनकाे भनाई थियाे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्वच्छ वतावरणमा जीवन यापन गर्न पाउने कुरा सम्बिधानले ग्यारेन्टी गरेको वताए  । मानव जिवनमा स्वच्छ वातावरण नभई नहुने भएकाे वताउँदै यसकाे क्रियान्वयनमा सरकार उदासिन रहेको वताए ।

उनले स्वच्छ वतावारणको मुद्धा बिश्वब्यापीनै उठेको चर्चा गर्दै स्वच्छ वतावरणको प्रत्याभूतीकालागि सरकारहरुलाई जिम्मेवार बनाउन अभियान चालउनु पर्ने सुझाव दिए ।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले पोखरी सैन्दर्यकरणको नाममा वतावरण संरक्षणको मौलीकपनलाई नष्ट गर्ने काममा सरकारहरुले गरेकोको भन्दै आलोचना गरे ।

कार्यक्रममा संस्थाका पूर्व सदस्यहरु कृष्ण चौरसिया, राजन रौनीयार, दिपु वर्णवाल, प्रभात सिंह, प्रभाकर चौरसिया, ऋषि पटेल, रुपक पटेल, राेहित गुप्ता, फिराेज अन्सारी लगायतकालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन, पर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार सन्तोष मिश्र, बिमला गुप्ता लगायतको सहभागिता रहेको थियो ।

पर्यावरण अनुसंधान र संरक्षणमा समर्पित, वातावरणः जिउने आधार नाराकाे साथ वतावरणकाे क्षेत्रमा संस्थाले २०७४ सालदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएकाे संस्थाकी सचिव साेनीले वताइन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...