Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजबाट हेल्मेटभित्र खैरो हिरोइन तस्करी गर्ने दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरी चाैकी ईनर्वाले लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेकाे छ । रौतहटकाे गुजरा नगरपालिका वडा नं. ३ कटानी निवासी ३२ बर्षिय भिम बहादुर वाईवा र साेही ठाउँ निवासी २५ बर्षिय मिलन तामाङ पक्राउ परेका हुन् । 

भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा साेमबार सांझ ५:३० बजेको समयमा संकाष्पदरूपमा हिँडिरहेका प्र.२-०३-००८ प १४३४ नम्बरको स्कुटीमा सवार दुबै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले स्कुटीलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा स्कुटी चालक भिम बहादुर वाईवाले लगाएको हेल्मेटभित्र लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेककाे १२ ग्राम २४० मि.ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए ।

उक्त लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...