Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

हुण्डी कारोबारमा सलंग्न ५ जना २१ लाख अवैध रकमसहित पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका ५ जनालाई रु. २१ लाखको अवैध रकमसहित नियन्त्रणमा लिएकाे छ ।

भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलमा निवासी २९ बर्षिय रंजित सरार्फ, भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम स्यामपुर निवासी ४२ बर्षिय कृष्ण लाल प्रसाद, भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम अरेरा निवासी ४० बर्षिय रबि शंकर सिंह, बाराकाे कलैया उपमहानगरपालिका वडा न.७ मा बस्ने निवासी ३१ बर्षिय कलामुदिन अंसारी र महागढीमाई नगरपालिकाकाे वडा नं.१ निवासी ३९ बर्षिय मेराजुल हक अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । 

पक्राउ परेका कलामुदिन र मेराजुल कलैया उपमहानगरपालिकाकाे वडा नं.४ स्थित रहेकाे आसिफ मनि चेन्जर संचालक हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फागुन १८ गते शुक्रबारका दिन कलैया उप-महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट रंजित सर्राफलाई पक्राउ गरेकाे थियाे ।

कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा सर्राफ साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रु. ५ लाख फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

उक्त हुण्डी कारोबारमा संलग्न रहेका कलामुदिन र मेराजुललाई पनि पक्राउ गरी बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रवक्ता न्याैपानेले जानकारी दिए ।

त्यसै गरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय छत्वा, बाराबाट खटिएको प्रहरी टोलिले फागुन २० गते आइतबार दिउँसो ४:०० बजेको समयमा बारा कै विश्रामपुर गाँउपालिका वडा नं. १ छत्वा कलयाणपुर सुलिगेट स्थितबाट अन्य दुई जना भारतिय नागरिकलाई पक्राउ गरिएकाे उनले वताए ।

भारतबाट नेपाल तर्फ आउदै गरेको बिआर०५एआर ३५०९ नम्बरकाे भारतीय माेटरसाइकलमा रहेका दुबै जनाकाे साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली रु १६ लाख ९ हजार रूपैया वरामद भएकाे प्रहरीले  जनाएकाे छ । त्यसपछी उनीहरुलाई पनि नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...