Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

हुण्डी कारोबारमा सलंग्न ५ जना २१ लाख अवैध रकमसहित पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका ५ जनालाई रु. २१ लाखको अवैध रकमसहित नियन्त्रणमा लिएकाे छ ।

भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलमा निवासी २९ बर्षिय रंजित सरार्फ, भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम स्यामपुर निवासी ४२ बर्षिय कृष्ण लाल प्रसाद, भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम अरेरा निवासी ४० बर्षिय रबि शंकर सिंह, बाराकाे कलैया उपमहानगरपालिका वडा न.७ मा बस्ने निवासी ३१ बर्षिय कलामुदिन अंसारी र महागढीमाई नगरपालिकाकाे वडा नं.१ निवासी ३९ बर्षिय मेराजुल हक अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । 

पक्राउ परेका कलामुदिन र मेराजुल कलैया उपमहानगरपालिकाकाे वडा नं.४ स्थित रहेकाे आसिफ मनि चेन्जर संचालक हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फागुन १८ गते शुक्रबारका दिन कलैया उप-महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट रंजित सर्राफलाई पक्राउ गरेकाे थियाे ।

कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा सर्राफ साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रु. ५ लाख फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

उक्त हुण्डी कारोबारमा संलग्न रहेका कलामुदिन र मेराजुललाई पनि पक्राउ गरी बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रवक्ता न्याैपानेले जानकारी दिए ।

त्यसै गरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय छत्वा, बाराबाट खटिएको प्रहरी टोलिले फागुन २० गते आइतबार दिउँसो ४:०० बजेको समयमा बारा कै विश्रामपुर गाँउपालिका वडा नं. १ छत्वा कलयाणपुर सुलिगेट स्थितबाट अन्य दुई जना भारतिय नागरिकलाई पक्राउ गरिएकाे उनले वताए ।

भारतबाट नेपाल तर्फ आउदै गरेको बिआर०५एआर ३५०९ नम्बरकाे भारतीय माेटरसाइकलमा रहेका दुबै जनाकाे साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली रु १६ लाख ९ हजार रूपैया वरामद भएकाे प्रहरीले  जनाएकाे छ । त्यसपछी उनीहरुलाई पनि नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...