Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषध गाँजासहित एक जना पक्राउ

spot_img
spot_img
वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी उदयपुर घुर्मीबाट खटिएको चेकिङ टोलीले परवानीपुर गाउँपालिकाकाे वडा नं.५ बहुअरी निवासी २६ बर्षिय दिपक पटेललाई पक्राउ गरेकाे हाे ।
 
वीरगंज महानगरपालिकाकाे वडा नं. २७ रामपुरस्थित सडकखण्डमा बिहिबार दिउसाे ३:०० बजेको समयमा खटिएको चेकिङ टोलीले नहरको बाटो हुँदै डकैला बहुअरीतर्फ जाँदै गरेको म.प्र.०३-०२६ प ००९७ नम्बरका मोटरसाईकललाई रोकी चेकजांच गर्दा ६ के.जी.२०० ग्राम लागु औषध गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
 
पक्राउ परेका पटेलले मोटरसाईकल पछाडी बाँधिएको सेतो बोरामा कुहिएको दालभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा फेला परेको हुँदा उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिई निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...