Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

प्रहरीद्वारा वीरगंजबाट ५ हजार २२० किलाे प्याज बरामद

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्याज बरामद गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर ८ मिनाबजारमा अनधिकृत रुपमा भण्डारण गरेको अवस्थामा प्रहरीले ५ हजार २२० किलोग्राम प्याज बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खानतलासी गर्न पुगेको प्रहरीलाई देख्ने बित्तिकै प्याज भण्डारण गर्ने व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । उनका अनुसार १३३ बोरामा बेवारिसे अवस्थामा बरामद गरिएको प्याज आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ । 

यस्तै प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १६ ईदगाह चौकबाट भन्सार छलीका सामग्री बरामद गरेको छ । २ जना व्यक्तिहरुले भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले विभिन्न सामग्री बरामद गरेको हो ।

प्रवक्ता थापाका अनुसार ३५० मीटर थान कपडा, मार्किन कपडा ७२ मिटर, लेडिज कट्टु १५५ पिस, अण्डरवेयर ९८ पिस, होली कुर्ता १० पिस, तौलीया १२ पिस, कुर्ता सुरुवाल ८ पिस, लुंगी ३ पिस, गम्छा ५ पिस बरामद गरिएको हो ।  

३ लाख ३ हजार ३१० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री आवश्यक अनुसन्धानका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...