Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा लागू औषध गाँजासहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले लागू औषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ ।  

बाराकाे आदर्श कोतवाल गाँउपालिका वडा नं. ३ बतरा निवासी २७ बर्षिय सरोज कुमार गिरी, रौतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नं. ३ मेवा निवासी ५० बर्षिय रामानन्द साह र साेही ठाउँ निवासी ४५ बर्षिय चुलाई महरालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका कै वडा नं. ४ गंगानगर स्थितबाट १५ किलाे लागु औषध गाँजासहित ३ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

बारागढीबाट भारत तर्फ जाँदै गरेको ना ३८ प १४११ नम्बरकाे मोटरसाइकल मंगलबार राति १०:३० बजे शंका लागि रोकी चेक जाँच गर्दा लागु औषध बरामद भएपछि उक्त माेटरसाइकल र लागु औषधसहित तीनै जनालाई नियन्त्रणमा लिएकाे उनले वताए ।

पक्राउ परेका तीनै जना विरुद्ध लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट ३ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...