Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा शंकास्पद वस्तु पड्किएर ३ जनाकाे मृत्यु  

spot_img
spot_img

वीरगंज । बाराकाे निजगढ नगरपालिका वडा नं.७ निजगढ बजार स्थि शंकास्पद वस्तु पड्किएर ३ जनाकाे मृत्यु भएकाे छ ।

निजगढ बजार स्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा साेमबार दिउँसो १२:०० बजेको समयमा ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु पड्किदा घाइते भएकाहरु मध्येका तीन जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नं.०५ निवासी ४५ बर्षिय रोहित वर्कशपका सञ्चालक रेशम मगर, भारतकाे गवाई निवासी ३५ बर्षिय राकेश जैसवाल र वीरगंज महानगरपालिकाकाे वडा नं.९ निवासी २० बर्षिय रितु रजत रहेका छन् ।

तीनै जनाकाे बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएकाे हाे । वर्कसपका संचालक मगरकाे साेमबार दउसाे १:३० बजे, भारतिय नागरिक जैयसवालकाे साेही दिन राति ९:४० बजे र वीरगंज निवासी रजतकाे मंगलबार विहान ०७:३० बजेको समयमा मृत्यु भएको अस्पतालले जानकारी दिएकाे प्रहरी प्रवक्ता न्याैपानेले वताए ।

साेही घटनाका घाइते निजगढ नगरपालिकाकाे वडा नं.०५ निवासी ४५ बर्षिय सुर्य बहादुर थापाकाे सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचार भई रहेको छ ।

त्यसैगरी अर्का घाइते वीरगंज महानगरपालिका वडा नं.९ निवासी ३४ बर्षिय फिरोद देवान र भारतकाे रामघडवा निवासी २० बर्षिय अरविन साहकाे वीरगंजस्थित बयोधा अस्पतालमा उपचार भई रहेको छ । 

घाइते भारतिय नागरिक साहकाे अवस्था गम्भिर र उनलाई अस्पतालकाे आइसियुमा राखेर उपचार भईरहेको अस्पतालले जनाएकाे छ ।

प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसान्ध भइरहेकाे जनाएकाे छ । भारतकाे मोतिहारी निवासी ४० बर्षिय राज रमेश जैसवाल र निजगढ नगरपालिकाकाे वडा नं. ९ निवासी २९ बर्षिय टिकाराम पाख्रिङलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका मध्येका भारतिय नागरिक जैसवाल कवाडी किन्ने र निजगढ निवासी पाख्रिङ कवाडि बेच्ने मानिस रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...