Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान रामकुमार एलनलाई

spot_img
spot_img

हेटौँडा। झरना साहित्यिक संस्थाको दुई दिने कला साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सवमा झरनाले विभिन्न ८ जनालाई सम्मान समर्पण गरेको छ । नन्दादेवी गौतमले आफ्ना छोरा स्व.गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेका नगद ११ हजार १११ रुपैयाँ राशिसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८० पत्रकार रामकुमार एलनलाई प्रदान गरिएकाे छ ।

‌एलन समाजवादी प्रेस संगठन नेपालका महासचिव एवम् मधेशदृष्टिका सम्पादक हुन् । 

पुरस्कार समर्पण सत्र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख अतिथ्यतामा भएको थियो । सो सत्रमा साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका नगद २१ हजार १२१ रुपैयाँ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८० डा. गीता त्रिपाठीलाई प्रदान गरिएको थियाे ।

यस्तै, साहित्यसेवी विनोद सुवेदीले आफ्ना मातापिताको नाममा स्थापना गरेका नगद १५ हजार ५५५ रुपैयाँ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८० कवि साम्ब ढाकाललाई प्रदान गरिएको छ ।

यस्तै, साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको खडानन्द–मनमाया युवाप्रतिभा सम्मान–२०८० स्याङ्जाका मिलन समीर, साहित्यसेवी राजन दाहालले आफ्नी दिवंगत छोरीको स्मृतिमा स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको सुशीला दाहाल स्मृति सिर्जनशील नारी सम्मान–२०८० गजलकार बिमला कार्की “सुसं”, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको सञ्जीवनि बुटि साहित्य सेवा सम्मान–२०८० भरतप्रसाद सापकोटा, चन्द्रकुमार राईले स्थापना गरेका नगद ५ हजार ५५५ रुपैयाँ राशीसहितको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८० गजलकार अजर फुयाँल, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८० बाँसुरीबादक विष्णु घतानी सम्मानित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...