Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

युवा लक्षित कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवा लक्षित योजनामा महानगरले जोड दिँदै आएको बताएका छन् । देशका मेरुदण्ड मानिन युवाको विकासले नै देशको विकास हुने भएकाले युवासँग सम्बन्धित कार्यक्रम र योजनालाई प्राथमिकतामा राखिएको प्रमुख सिंहको भनाई छ । 

अलाईड युथ सोसाइटीले आयोजना गरेको छात्राहरुको अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगीताको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले आगामी चैतमा महानगरले एथ्लेटिक्स प्रतियोगीता आयोजना गर्न लागेको जानकारी गराए ।

पछिल्लो समयमा खेल क्षेत्रतर्फको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै वीरगंजबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजना बमोजिम तयारी भइरहेको सिंहले बताए । उनले भने, ‘खेलाडी भनेका राष्ट्रका गहना हुन् । वीरगंजबाट हामीले सबै किसिमका खेलमा सहभागी हुने खेलाडी बनाउनुछ । खेल क्षेत्रमा लागेका युवाहरुलाई प्रोत्साहन गर्नु छ । जुन काम हामीले यसअघि देखि नै गरीरहेका छौँ ।’ 

प्रयास गर्दै जाँदा हारजित तथा अन्य चुनौती आउनु स्वभाविक भएको बताउँदै उनले भने, ‘हिँड्ने मान्छेलाई नै ठेस लाग्छ र लड्छ । जो हिँड्दै हिँड्दैन, त्यो लड्दैन र जो लड्दैन उसले केही सिक्दैन । त्यसैले हरेस खाने हैन, लक्ष्य निर्धारण गरेर गन्तव्यमा नपुग्दा सम्म निरन्तर मेहनत गर्नुहोस् ।’ 

अलाईड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झाको अध्यक्षतामा भएको समापन समारोहमा विजयी हुने गौतम माविलाई अवार्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । समापन समारोह अघि भएको फाइनल खेलमा दिल्ली पब्लिक स्कुललाई पराजित गर्दै गौतम स्कुल विजयी भएको हो ।

३ दिनसम्म चलेको प्रतियोगीतामा वीरगंजका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगीतामा महेश सिंह धामीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । समापन समारोहको सहजीकरण मान्सी नेपालीले गरेकी थिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...