Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा पहिलो पटक निकालियो ‘जगन्नाथ रथयात्रा’

spot_img
spot_img

वीरगंज । वीरगंजमा पहिलाे पटक शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । ईस्कोनकाे आयाेजनामा निस्केकाे रथयात्राकाे सुभारम्भ वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए । 

वीरगंजकाे घण्टाघरबाट निस्केकाे रथयात्रा माईस्थान, महाविरस्थान, अलखियामठ, मकालु चौक, पुजन होटल, कैलाश होटल हुँदै आदर्शनगरस्थित पूरानो बसपार्कमा पुगेर सम्पन्न भएकाे थियो । 

रथयात्राका क्रममा वीरगंजमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । केही दिन अघि मात्रै वीरगंजमा भएको झडपका कारण कर्फ्यू लगाउनु परेको थियाे । त्यसै कारण धार्मिक सद्भाव बिथोलीन नदिन ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 

रथयात्रामा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उद्योगी व्यवसायीहरु, चिकित्सक, स्थनीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौँको सङख्यामा भक्तजनहरुको सहभागीता रहेको ईस्कोन वीरगंजका अध्यक्ष रुपसनातन दासले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...