Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

साउथजाेन स्कुलकाे १५ औं बार्षिकाेत्सव भव्य रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले शिक्षाबाट कोही पनि बञ्चित हुनु नपर्ने बताएका छन् । 

 साउथ जोन माद्यामिक विद्यालयले १५ औँ वार्षिकोत्सवकाे अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले समाज रुपान्तरणका लागि शिक्षाको अपरिहार्यताका बारेमा प्रकाश पार्दै शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन प्रोत्साहन गर्ने अभियानको थालनी गर्नुपर्नेमा जोड दिएका हुन् ।

पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले विद्यालयसम्म नपुगेका बालबालिकाको खोजी गर्दै उनीहरुलाई विद्यालय लैजाने अभियान सुरु गर्न सुझाव दिए । विगतमा छोरालाई मात्रै पढाउने र बिहे गरेर जाने छोरीलाई पढाउन नहुने मान्यता बिस्तारै हराउँदै गएको र अहिले छोरा भन्दा पनि छोरीलाई बढी पढाउने संस्कारको विकास हुँदै गएकोमा उनले खुशी व्यक्त गरे ।

जनता समाजवादी पार्टीका सचेतक समेत रहेका यादवले साउथ जोनले छोटो समयमा बिधार्थी एवं अभिभावहरुको मन जित्न सफल भएकोमा सराहना गरेका थिए । उनले गुणस्तरीय शिक्षा प्रदान गरि रहेको साउथ जोन माविका बिधार्थीहरुले देखाएको क्रियाकलापबाट आफु प्रभावित भएको बताए । 

बिद्यालयका प्रधानाध्यापक सरोज चौधरीको सभापतित्व एवं सांसद यादवकाे प्रमुख आथित्यमा सम्पन्न भएको बार्षिकाेत्सव समारोहमा बिधार्थीहरुले बिभिन्न खाले सांस्कृतिक एवं संगितिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

बार्षिकाेत्सवकाे अवसरमा बिद्यालयले बिभिन्न विदामा उत्कृष्ट नतिजा दिएका बिधार्थीहरुलाई सम्मान समेत गरेका थिए । बार्षिकाेत्सव अवसरमा आयाेजित कार्यक्रममै स्कुलले आयोजना गरेको सिगिङ्ग र डान्सिङ्ग प्रतियोगिताको फाईनल राउन्ड समेत सम्पन्न भएकाे थियाे । सबै प्रतियोगिताको बिजेताहरुलाई बार्षिकाेत्सवकाे अवसरमा पारेर बिद्यालयले सम्मान तथा पुरस्कार बितरण गरेको थियाे ।

वीरगंजकाे तेजारथटाेलस्थित साह दरबार हाेटलमा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, मधेश प्रदेशका उपाध्यक्ष श्याम केसी, एनप्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, महानगर अध्यक्ष जियालाल गुप्ता, ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख भांसकर खतिवडा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, नेता एवं अभियन्ता नेजामोदिन समानि लगालयतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन एवं सजिकरण स्कुलका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले गरेका थिए । कार्यक्रममा स्कुलले तयार पारेको स्मारिका पुस्तिकाको कार्यक्रमका प्रमुख अतिथी तथा विशिष्ट अथितीहरुले संयुक्त रुपमा बिमोचन समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...