Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिका एकेडमीकाे ९ औं बार्षिकाेत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको कालिकमामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा रहेकाे श्री कालिका एकेडमी बाेर्डिङ स्कुलकाे ९ औं बार्षिकाेत्सव शनिबार सम्पन्न भएकाे छ ।

विद्यालय प्राङ्गणमा आयाेजित बार्षिकाेत्सव कार्यक्रमकाे कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले उद्घाटन गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले शिक्षामा अमुल्य परिवर्तन जरुरी रहेकाे वताए ।

उनले कुनै पनि ठाउँकाे विकासकाे शिक्षाकाे विकास जरुरी रहेकाे वताउँदै गाउँपालिकाकाे शिक्षा क्षेत्रकाे सुधारकाे लागि सबैकाे सहयाेग जरुरी रहेकाे वताए । 

विद्यालयका अध्यक्ष राजकुमार चौरसियाको अध्यक्षमा भएकोको कार्यक्रममा विद्यालय सांस्कृतिक तथा वक्तृत्वकाला प्रतियोगिता पनि भएकाे थियाे । विक्तृत्वकाला प्रतियाेगितामा दिपराज चाैरसिया प्रथम, काैशल सर्राफ दाेस्राे र तेस्राे भएका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षका प्रतिनिधि राधाकिशुन चाैरसिया, वडाध्यक्ष सोनालाल चौरसिया, पत्रकार छठ साह, स्थानिय नेता ताजिन्द्र साह, पप्पु खान, शिक्षक जयप्रकाश चाैरसिया लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन सोही विद्यालयका प्रधानाध्यापक लक्ष्मण ठाकुरले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...