Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

शिक्षा नै समाज विकासकाे प्रमुख आधारस्तम्भ हाे : सांसद यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले शिक्षा नै समाज विकासकाे प्रमुख आधारस्तम्भ भएकाे बताएका छन् ।

वीरगंजकाे श्रीपुरमा रहेकाे ओेम नेशनल एकेडेमीको नवाैं वार्षिकोत्सव समाराेहमा प्रमुख अतिथीका रुपमा सम्बाेधन गर्दै यादवले शिक्षाले नै समाजलाई समृद्ध र सभ्य बनाउने बताए । प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले भने,`जुन समाज शिक्षित हुदैन त्याे समाज हरेक क्षेत्रमा पिछडिएकाे हुन्छ । त्यहाँ सभ्यताकाेपनि कमी देखिन्छ । त्यसकारण समाजलाई समृद्ध र विकसित बनाउने प्रमुख कडी शिक्षा नै हाे ।´

पूर्व वनमन्त्री समेत रहेका यादवले अहिलेकाे शिक्षा प्रणालीमा रुपान्तरणकाे आवश्यकता रहेकाे ओैंल्याए । उनले भने,`केवल रटाएर पढाउनु भन्दा व्यवहारमा लागु हुनेगरि सिकाउने विधीमा शिक्षकले जाेड दिनुपर्छ ।´

अहिले आधुनिक र प्रविधिको युगमा बालबालिकालाई सहि दिशा र समाज रुपान्तरण तिर अग्रसर भएर पठन पाठन र अध्यापन गर्न गराउन आवश्यक रहेको उनले बताए ।

उनले ओम नेशनल ऐकेडमीले विगतदेखि शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले छोटो अवधिमै शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको बताए ।

वाषिर्कोत्सव समारोहमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमपनि प्रस्तुत गरेका थिए । साथै वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...