Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा नक्कली नोटसहित ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले जितपुरबाट बुधबार नक्कली नोट सहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ ।

सर्लाहीकाे चन्द्रनगर गाउँपालिका वडा नं. ३ निवासी रामचन्द्र महतो कोईरी, बाराकाे परवानिपुर गाउँपालिका वडा नं. ५ निवासी सुमित साह, संतोष पटेल, वीरगंज महानगरपालिकाकाे वडा नं. १० निवासी बिशाल कुमार श्रीवास्तव र निरज श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराकाे प्रवक्ता प्रहरी नायब उपरिइक दधिराम न्याैपानेले जानकारी दिए ।

जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं.७ जितपुर बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा तत्काल १ जना र उक्त कार्यमा संलग्न अन्य ४ जना विभिन्न ठाउँहरुबाट पक्राउ गरीएकाे प्रवक्ता न्याैपाने वताए ।

उनका अनुसार पक्राउ परेकाकाे साथबाट एक हजार दरको नोट ६१ थान नक्कली नोट र भारतीय सिमकार्ड सहितको मोबाईल ७ थान समेत बरामद भएकाे छ । निजहरुलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...