Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

५५ वर्षीय महिलाकाे बलात्कार प्रयास गरेकाे आराेपमा एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज । बारामा ५५ वर्षीय एक महिलामाथि कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका – १८ कुस्माडीका प्रताप भनिने २३ वर्षीय नरेश चौधरीलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरीले ५५ वर्षीय महिलालाई बाटो ढुकी जबरजस्ती मकैवारिमा लगी कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोप छ । पतिकाका लागि टिफिनमा खाना लिएर जाँदै गरेका बेला ती महिलालाई चौधरीले सडकको एकान्तमा रोकी कुटपिट गरी जबरजस्तीको प्रयास गरेको बताइएको छ ।

घर जाँदै गरेका पीडितका देवर पर्ने आफन्तले बाटो नजिकै मकैवारिमा महिला चिच्याएको आवाज सुनेर होहल्ला गरेपछि पिडक चौधरी भागेका थिए ।

कुटपिटबाट घाइते महिलालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...