Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा लागू औषध गाँजासहित १ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नं. ३ बस्तीपुर निवासी २७ बर्षिय पवन गिरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट खटिएको प्रहरी टोलिले मंगलबार विहान ८:४५ बजे बाराकाे जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.७ स्थित टेढा रोडबाट गिरीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए । 

टेढा रोडदेखि पर्साकाे मिलन चौक तर्फ जादै गरेको पैदल यात्री गिरीलाई शंका लागि चेक जाँच गर्दा निजले बोकेको २ वटा झोला भित्र ५/५ किलोको दरले १० किलो लागू औषध गाँजा वरामद भएकाे प्रवक्ता न्याैपानले जानकारी दिए ।

फेला परेकाे लागु औषधसहित गिरीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रेस विज्ञप्ती मार्फत जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...