Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजबाट खैरो हिरोईनसहित ३ जना पक्राउ

spot_img
spot_img
वीरगंज । प्रहरीले वीरगंजबाट खैराे हिराेइनसहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ का ६१ बर्षिय राजबली महतो, ४५ बर्षिय मनाेहर महताे र बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ का ३७ बर्षिय अबधेश प्रसाद पटेल रहेका छन् ।
 
बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले माघ १२ गते दउसाे १२ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थितबाट तीनै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले वताए ।
 
उनका अनुसार चेकिङ टोलीले गस्ति गर्दै जाने क्रममा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित सडकखण्डमा तिनै जना व्यक्तिहरू संकाष्पद रूपमा बाटोको छेउमा उभी एकआपसमा कुराकानी गर्दै थिए ।
संकाष्पद देखिएका निजहरूलाई खानतलासी गर्दा राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम, मनोहर महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम र अबधेश प्रसाद पटेलकाे साथबाट १०० ग्राम खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ फेला परेकाे हाे ।
 
लागु औषध सहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे प्रवक्ता थापाले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...