Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

बिरन्चीबर्वामा जेष्ठ नागरिकहरूलाई कम्बल बितरण

spot_img
spot_img

वीरगंज । कालिकामाई गाउँपालिका वडा न. ५ बिरन्चीबर्वामा आइतबार विपन्न घरपरिवारकाे जेष्ठ नागरिकहरूलाई कम्बल बितरण गरिएकाे छ ।

दिब्य विकास स्राेत केन्द्र पर्सा र दिब्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे संयुक्त सहयाेग तथा दिब्य जीवन काेष बिरन्चीबर्वाकाे आयाेजनामा संचालित विपन्न घरपरिवारकाे जेष्ठ नागरिकहरूलाई न्यानाेकाे लागि कम्बल बितरण कार्यक्रम अन्तर्गत १५० जना विपन्न जेष्ठ नागरिकहरूलाई कम्बल बितरण गरिएकाे दिव्य विकास स्राेत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले जानकारी दिए ।

दिब्य विकास स्राेत केन्द्र पर्साका अध्यक्ष उमेश प्रसाद चाैहानकाे अध्यक्षता र कालिकामाई गाउँपालिकाका वडा न. ५ का वडा अध्यक्ष जयनारायण प्रसा कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम कम्बल  वितरण गरिएकाे हाे ।

साे कार्यक्रममा दिब्य विकास स्राेत पर्साकाे कार्यकारी निर्देशक श्री रामाकान्त प्रसा कुर्मी, सचिव बृजकिशाेर प्रसाद चाैहान, काेषाध्यक्ष कन्हैया प्रसाद तथा दुबै संस्थाका कार्यकारिणी समितिका ब्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

दिव्य विकास स्रोत केन्द्रले आफ्नो आन्तरिक बजेटबाट विपन्न समुदायको हक, हित र संमक्षणको लागी सहयोग गर्ने उदेश्य अनुरुप स्थापना भएको कोषले निरन्तर रुपमा सिमान्तकृत समुदायको न्यायको वकालत गर्न पनि यस कोषलाई प्रयोग गरिने संस्थाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...