Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026

लिटिल बड्डी इन्टरनेशनल प्रि–स्कुलकाे प्रथम बार्षिकाेत्सव सम्पन्न

वीरगंज । वीरगंज पानीटंकी स्थित लिटिल बड्डी इन्टरनेशनल प्रि–स्कुलले आफ्नो प्रथम बार्षिकाेत्सव धुमधामका साथ मनाएको छ ।

- Advertisement -

बार्षिकाेत्सवकाे अवसरमा आयाेजित कार्यक्रममा एक वर्षको अवधिमा त्यहाँ अध्ययनरत बालबालिकाहरुमा आएको परिवर्तनका क्रियाकलापहरु बारे प्रदर्शन गरिएको थियो । पि.जी.देखि युकेजीसम्मका बालबालिकाहरु विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

साथै अभिभावकहरुलाई मनोरञ्जन गराउनका लागि कपल डान्स प्रतियोगिताको आयोजना गरिएको थियो । त्यसमा विजयी हुने अभिभावकलाई पुरस्कृत गर्नुका साथै विद्यालयलाई एक वर्षको अवधिमा यहाँसम्म ल्याउन योगदान पु¥याए वापत शिक्षिका एवं कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो ।

स्कुलका प्रिन्सपल विजय बलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सामाजिक अभियन्ता एवं वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, स्कुलका निर्देशक सृजना श्रेष्ठ, राहुल श्रीवास्तव, प्याब्सन पर्साका प्रतिनिधिहरु सनी पाख्रिन, सुरज पटेल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, सञ्चारकर्मी हरिशंकर शर्मा, दिपु वर्णवाल, रोट्रयाक्ट वीरगंज मेट्रोपोलिसका सँस्थापक अध्यक्ष प्रकाश कर्ण, डिएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा लगायत वीरगंज स्थित विभिन्न स्कुलका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

स्कुलका प्रधान कार्यालय युनाइटेड किङडमको लण्डनमा रहेको लिटल बड्डी इन्टरनेशन प्रि–स्कुलका शाखाहरु अर्जेन्टिना, सयुँक्त अधिराज्य (यूके), भियतनाम, बङ्गलादेश, म्याक्सिको, इष्टोनीया, बोट्सवाना, मोरोक्को र भारतमा सञ्चालित छन् । साथै नेपालको मधेश प्रदेशमै पहिलो वीरगंजमा यसको शाखा पानीटंकी स्थित विगत १ वर्षदेखि संचालनमा रहेको छ ।

एक वर्षको अवधिमा बालबालिकाहरुको अध्ययनदेखि विभिन्न क्रियाकलापहरुमा परिवर्तन ल्याई अभिभावकहरुको मन जित्न सफल लिटल बड्डी इन्टरनेशनल प्रि–स्कुल वीरगंज शाखामा हाल ५५ जना बालबालिकाहरु अध्ययनरत छन् भने विद्यार्थी भर्ना धमाधम भइरहेको प्रधानाध्यापक बलले जानकारी दिए ।

होटल क्लासिक बैंक्वीट भएकाे कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यालयबाट आफ्नो बालबालिकाहरुले पाउने गरेको गुणस्तरीय शिक्षाबारे प्रसंशा गरेका थिए । साना साना बालबालबालिकाहरुलाई अध्ययनको साथसाथै यहाँका सँस्कृतिबारे प्रयोगात्मक क्रियाकलापबाट सिकाउने गरेको कारण बालबालिकाहरु घर भन्दा पनि विद्यालयमा रुचाउने गरेको अभिभावकहरुको भनाई थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपालीलाई क्यासिनो प्रवेश रोक्न पर्यटन विभागको निर्देशन

वीरगंज । नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई खेल खेलाएको गुनासो बढ्न थालेपछि पर्यटन विभागले पर्सासहित विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई कडा निगरानी गर्न निर्देशन...

अधिवक्ता स्वेता सरितलाई अर्चना गुप्ता स्मृति पुरस्कार प्रदान गरिने

वीरगंज । गैरसरकारी संस्था महासंघ नेपाल पर्साद्वारा स्थापित “स्वर्गीय अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” यस वर्ष पर्साको पोखरिया नगरपालिका–४ निवासी अधिवक्ता स्वेता सरितलाई...

किन भयो हरिखेतान क्याम्पसमा लज्जास्पद घटना ? जिम्मेवार को ?

वीरगंज । वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि चल्दै आएको विवाद बिहीबार दुर्व्यवहार र कुटाकुटको घटनामा परिणत भएको छ । क्याम्पस परिसरमै शिक्षकहरूबीच हातपात...