Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा साेमबार हुने प्राण प्रतिष्ठा तथा महाआरतीको सम्पूर्ण तयारी पूरा

spot_img
spot_img

वीरगञ्ज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १० स्थित रामजानकी मन्दिरमा प्राण प्रतिष्ठाको तयारी पूरा भएको छ । भोली अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा वीरगंजकाे घडिअर्वा पोखरीको सामुन्ने रहेको रामजानकी मन्दिरमा पनि प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको हो । 

वीरगंज महानगरपालिकाको सहयोगमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा स्थानीय बासीले भब्य रुपमा तयारी गरेका छन् । त्यसकै अवसरमा वीरगंजकाे माइस्थानदेखि आदर्शनगर, ग्रिनसिटी हुँदै घडिअर्वा पोखरी लगायतका विभिन्न चौकहरुमा झिलिमिली बत्ती जडान गरेर आकर्षक बनाइएको छ । 

वीरगंजलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्ने लक्ष्यअनुरुप काम भइरहेको महानगर प्रमुख राजेशमान सिंहले बताए । प्रमुख सिंहले आइतवार राम जानकी मन्दिरको तयारीको अनुगमन गर्दै तयारीमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । 

आठ दशकभन्दा लामो समयदेखि पूजारीको एकछत्र राज रहेको मन्दिरलाई अतिक्रमण मुक्त बनाई प्रमुख सिंहले रंगरोगन तथा स्तरोन्नती गरेका छन् । साथै उनकै पहलमा मन्दिर सर्वसाधारणका लागि पूजापाठ गर्न खुला गरिएको छ । 

त्यसकै उपलक्ष्यमा भोली महाआरती तथा प्राण प्रतिष्ठा हुन लागेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगकार अध्यक्ष जयप्रकाश खेतानले बताए । उनकाअनुसार भोली बिहान ८ बजे कलश यात्रा निकालिनेछ । साँझ ६ बजेदेखि महाआरती शुरु हुने उनले जानकारी दिए । 

यसैगरी पाेखरिया नगरपालिकाले भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनसंगै प्राण प्रतिष्ठाको उत्सवमा सोमबार माछा, मासु र मदिराको बिक्री वितरणमा रोक लगाएकाे छ ।

पोखरिया नगरपालिकाले एक सूचना जारी गरेर माघ ८ गते सोमबार नगरपालिकाभर माछा, मासु र मदिराको बिक्रि वितरणमा रोक लगाएको हो । साथै सोमबार नगरपालिकाका घरघरमा दीप प्रज्वलित गरी दिपावली मनाउनपनि नगरपालिकाले आग्रह गरेको छ ।

पोखरीया नगरपालिकाका मेयर प्रधुमन चौहानको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन तथा प्राण प्रतिष्ठा हुने भएकाले त्यसैलाई लक्षित गरी माघ ८ गते सोमबार नगरपालिका भित्र कुनै पनि पशु, जीवको बध तथा मदिराको बिक्रि वितरण नगरिदन आग्रह गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...