Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रास्वपाका वीरगंज महानगर भेला स्थगित, सभापतिका लागि पांच आकांक्षी

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वीरगंज महानगर भेला शनिबार हुन सकेन ।  शनिबार वीरगंजस्थित होटेल क्लासिक ब्यांक्वेटमा राखिएको पार्टीको प्रथम वीरगंज भेला केन्द्रिय नेताकाे निर्देशनमा स्थगित गरिएको रास्वपा पर्साका संयाेजक दिलिप कुर्मीले जानकारी दिए । उनले शुक्रबार राति नै भेला स्थगित भएकाे वताए ।

भेला स्थगित बारे रास्वपाका सह महामन्त्री कबिन्द्र बुढाथाेकीले आफ्नाे फेसबुक मार्फत भेला स्थगितकाे सूचना लेखेका थिए । उनले रास्वपा वीरगंज महानगरपालिका भेला आयोजक समितिबाट पौष २८ गतेको भेला आयोजनाको तयारीका क्रममा काम हुँदै गर्दा आचारसंहिता विपरित गएर केहि ब्यक्तिहरुबाट काममा बाधा ल्याउने र विथोल्ने कार्य भएकोले र यस सम्बन्धि छानविन गरी पार्टीहीतका लागि काम गर्न केही समय लाग्ने भएकोले अर्को मिति तय नहुन्जेल सम्मको लागि वीरगंज महानगरपालिका भेला स्थगित गरिएको लेखेका छन् ।
 

उक्त भेलालाई पार्टीका अध्यक्ष रवि लामछिानेले उद्घाटन गर्ने कार्यक्रम थियाे । भेलाको सम्पूर्ण तयारी गरिएको भए पनि अन्तिम समयमा आएर विवादका कारण स्थगित भएकाे बुझिएकाे छ ।

पार्टीकाे वीरगंज महानगर समिति चयन गर्न भेला आयाेजना गरिएकाे थियाे । जस अन्तर्गत वीरगंज महानगरकाे सभापति पदका लागि ५ जना, उप सभापतिका लागि २ जना, सचिवका लागि ३ जना, काेषाध्यक्षका लागि २ जना र सदस्यहरुमा ८ जनाले उम्मेदवारी दिएका थिए ।

सभापति पदका लागि हरि पन्त भनिने बुद्धि प्रसाद पन्त, महादेव प्रसाद कुर्मी, आन्नद प्रसाद कानु, राज कुमार मिश्रा र दिपेन्द्र साह उम्मेदवार थिए । उम्मेदवार मध्येका हरि पन्त र महादेव कुर्मी पक्षकाे विवावदका कारण भेला हुन नसकेकाे बुझिएकाे छ ।

हरि पन्त हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हुन् । उनलाई नै वीरगंज महानगरकाे अध्यक्ष बनाउन पार्टीकाे संस्थापन पक्ष भनिनेहरुले पार्टीकाे विधि विधानलाई मिचेर धाधली गर्न खाेजेकाेले विवाद हुँदा भेला स्थगित भएकाे अर्का सभापतिका प्रतिस्पर्धी कुर्मी पक्षकाे भनाई छ । सभापतिका आकांक्षी कुर्मीले शुक्रबार राति पनि भेलाकाे एक भिडियाे मार्फत विराेध जनाएका थिए ।  

महानगर उप सभापतिकाे लागि नारायण कुमार यादव, शाेभा गुप्ता, सचिवकाे लागि महमद महमुदिन आलम, राज नन्दन प्रसाद, काेषाध्यक्षकाे लागि आर्य शशिकला र प्रकाश कुमार साह उम्मेदवार थिए ।  

यसैगरी सदस्यकाे लागि सरस्वती तामाङ, नन्दन साह राैनियार, आशिक थापा, मनिष कुमार व्याहुत, नविन कुमार शरण साेनार, चिन्ता देवी, दिपेन्द्र गिरी र राजेन्द्र महताेले उम्मेदवारी दिएका थिए ।

भेलामा सहभागि हुन रास्वपाका सह महामन्त्री बुढाथाेकी, मधेश प्रदेश अध्यक्ष तापेश्वर यादव, प्रदेश महाम्नत्री मनिष साह लगायतका नेताहरु वीरगंज पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...