Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026

वीरगंज नाकामा भेटिन थाले कोभिडको नयाँ भेरीएन्टका सङ्क्रमित

spot_img
spot_img

वीरगंज । लामो समयपछि वीरगंज नाकामा फेरि कोरोना सङ्क्रमित फेला पर्न थालेका छन् ।

नेपाल प्रवेश गर्ने देशकै मुख्य नाका वीरगंज नाकामा सञ्चालित हेल्थ डेस्कमा भइरहेको परीक्षणमा पछिल्लो दुई दिनमा कोरोनाका दुई सङ्क्रमित फेला परेका हुन् । दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण भेटिएको हेल्थ डेस्क प्रमुख तथा वीरगंज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए । 

सङ्क्रमण पुष्टि हुनेमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेको जानकारी उनले दिए । 

नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बिहीबार दिउँसोसम्म ४६ जनाको एन्टिजेन जाँच गर्दा तीमध्ये धादिङ जिल्ला घर भएका ५९ वर्षीय पुरुषमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको ठाकुरले बताए । उनी भारतको कलकत्ताबाट रेलको यात्रा गरेर नेपाल फर्कँदै थिए । 

यसअघि बुधवार पनि हेल्थ डेस्कमा ५५ जनाको एन्टिजेन जाँच गर्दा एक भारतीय नागरिकमा पनि कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको थियो । कलकत्ताबाटै रेलको यात्रा गरेर रक्सौल हुँदै काठमाडौँ घुम्न आएको भारतीय पर्यटकहरूको समूहमा रहेकाहरूको एन्टिजेन जाँच गर्दा कलकत्ता निवासी २५ वर्षीय युवकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको ठाकुरले बताए ।

बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएका धादिङका पुरुषलाई वीरगंजकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा लगेर राखिएको जानकारी ठाकुरले दिए । सङ्क्रमण पुष्टि भएका भारतीय युवकलाई भने सोही दिन भारतीय प्रहरीको जिम्मा लगाएर नाकाबाट भारत फर्काइएको उनले बताए । 

सङ्क्रमण पुष्टि भएका दुवै जनाको स्वाब नमुना जिन सिक्वेन्सीङको लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी पनि ठाकुरले दिए । वीरगंज नाकामा चालु आर्थिक वर्षमा पहिलो पटक दुई जनामा कोरोनाको सङ्क्रमण भेटिएको ठाकुरले बताए ।

ठाकुरका अनुसार छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोरोनाको नयाँ भेरियन्ट जेएन.वानको सङ्क्रमण फैलिँदै गएपछि नेपाल प्रवेश गर्ने मुख्य स्थल नाका वीरगंजमा निगरानी बढाइएको छ ।

कोरोना सङ्क्रमणको पहिलो लहरदेखि नै वीरगंज नाकामा सञ्चालित हेल्थ डेस्कमा पुस महिना सुरु भएदेखि नै भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गर्न थालिएको हो । भारतबाट रेल, बस र निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूलाई वीरगंज नाकामा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले परीक्षण गरेपछि मात्रै भित्रिन दिने गरेका छन् ।

हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार भारतबाट लामो यात्रा गरेर आउनेहरूलाई नाकामा रोकेर सुरुमा स्क्रिनिङ गरिन्छ । त्यस क्रममा ज्वरो वा खोकीको लक्षण देखिएकाहरूको एन्टिजेन जाँच गरिन्छ । ठाकुरले भने, ‘भारतमा पुनः सङ्क्रमण बढेपछि नाकामा हामीले निगरानी र सतर्कता बढाएका छौँ । तर अहिलेसम्म दुई जनामा मात्र कोभिड पोजेटिभ भेटिएको छ ।’

‘भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूको मात्र स्क्रिनिङ गर्ने गरिएको उनले बताए । स्क्रिनिङ गर्दा शंकास्पद लाग्यो भने उनिहरुको एन्टिजेन टेष्ट गर्ने गरेका छौँ,’ उनले थपे । तीन चारदिन यतादेखि भने हेल्थ डेस्कमा दैनिक २०० देखि २५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिेजन जाँच गर्दै आएको पनि उनले बताए ।  

नाकाको हेल्थ डेस्कमा दुई जना स्टाफ नर्स, तीन जना हेल्थ असिस्टेन्ट, दुई जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेण्ट गरी ८ जना स्वास्थ्यकर्मीको टोली कार्यरत रहेको जानकारी पनि उनले गराए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...

वीरगंजमा सशस्त्र प्रहरीद्वारा तीनदिने विपद् स्वयंसेवक तालिम सम्पन्न

वीरगंज । मनसुनजन्य विपद् तथा अन्य प्राकृतिक एवं मानवजन्य प्रकोपलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सञ्चालन गरेको तीनदिने...