Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

युवाद्वारा वीरगंजमा सञ्चालित ‘यूथ एक्सेस’ परियोजनाको अनुगमन

spot_img
spot_img

वीरगंज । गैरसरकारी संस्था ‘युवा’ द्वारा वीरगंजमा तिन वर्षदेखि सञ्चालित यूथ एक्सेस परियोजनाको अनुगमन गरिएको छ । 

दातृ तथा सहयोगी संस्था अमेरिकाको वाशिङटन राज्यस्थित सियाटल सहरमा प्रधान कार्यालय रहेको प्लान्ड प्यारेनहुड अफ ग्रेट नर्थवैस्ट हवाई, अलास्का, इन्डियाना क्यान्टकी (पिपिजिएनएचएआईके) नामक संस्थाका ग्लोबल कार्यक्रमहरूका निर्देशक डायन बुस्लि र संस्थाका क्षमता अभिवृद्धि विशेषज्ञ अनुपा ज्ञवालीले परियोजनाको अनुगमन गरेका हुन् । उनीहरूसँगै युवाका कोषाध्यक्ष रितेन्द्र बडूले पनि परियोजनाको अनुगमनमा आएका थिए । 

शनिवार वीरगंज आइपुगेको अनुगमन टोलीले वीरगंजका तिन वर्षका यूथ च्याम्पियनहरूसँग छलफल गरेको थियो । यूथ च्याम्पियनले गरेका कामसँगै उनीहरूले सिकेका कुराको कार्यान्वयनका विषयमा छलफल भएको यूथ एक्सेस परियोजनाका वीरगंज संयोजक आशु कुमार सर्राफले बताए । उनकाअनुसार यूथ च्याम्पियनले युवासँग आबद्ध भएर सिकेका कुरा तथा भोगाइसँगै काम गर्दा आइपर्ने चुनौतीका बारेमा पनि चर्चा भएको थियो । 

यस्तै आइतबार यूथ च्याम्पियनहरूले गर्ने कामको अनुगमन गर्न उक्त टोली वीरगंज महानगरपालिका – २६ बहुअरीस्थित श्री शारदा माध्यमिक विद्यालयमा पुगेको थियो । सुरक्षित गर्भपतन सेवा प्रवाह गर्ने वीरगंजस्थित मेरि सर्भिस सेन्टरको पनि टोलीले भ्रमण गरेको थियो । भेटघाटका क्रममा सेन्टरका प्रमुख सन्दीप चौरसियाले सुरक्षित गर्भपतन सेवा प्रवाहका बारेमा जानकारी दिएका थिए ।

सोमवार वीरगंजस्थित ममता विद्या मन्दिरमा पुगेर यूथ च्याम्पियनले सुरक्षित गर्भपतन र लैङ्गिक तटस्थ भाषा, लैङ्गिक समानता, एलजिबिटीक्युआईए प्लसका सम्बन्धमा प्रस्तुति दिएका थिए । उक्त सत्रको पनि अनुगमन टोलीले अनुगमन गरेको थियो । 

वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल यादव र प्रतिनिधि अनिशकान्त कुशवाहसँग पनि भेटघाट गरेको सर्राफले जानकारी दिए । भेटघाटका दौरान परियोजनालाई अझै प्रभावकारी बनाउने र एकआपसमा समन्वय तथा सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो । युवाले बृहत्तर यौनिकता शिक्षा बारेमा १ देखि १२ कक्षा सम्मको लागि तयार पारेको पाठ्यक्रम वीरगंज महानगरले पनि आफ्नो पाठ्यक्रममा समावेश गर्ने बारेमा समेत छलफल भएको थियो ।

साथै नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्‍जन साहसँग नारायणी अस्पतालबाट प्रवाह हुने सेवाका बारेमा छलफल भएको थियो । बृहत्तर यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका बारेमा पाठ्यक्रममा समावेश गर्न डा. साहले आग्रह गरे । शिक्षकहरूलाई पनि बृहत्तर यौनिकता शिक्षाका बारेमा प्रशिक्षण दिएर अध्यापनमा सहज बनाउनुपर्ने डा. साहको सुझाव थियो । 

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुरेन्द्र चौधरी, ओसीएमसी प्रमुख हेमा थापा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृति अग्रवालसँग पनि टोलीले भेटघाट गरेको थियो । 

सुरक्षित गर्भपतनसँगै स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवालासँगको भेटघाट तथा छलफलपश्चात् प्राप्त सुझावहरूलाई आगामी दिनमा आत्मसाथ गर्ने युवाका कोषाध्यक्ष रितेन्द्र बडूले बताए । 

अनुगमनका क्रममा परियोजना प्रभावकारी रूपमा सञ्चालन भएको भन्दै निर्देशक डायन बुस्लिले खुशी व्यक्त गरिन् । यस परियोजनाको पहुँचलाई ग्रामीण क्षेत्रमा पनि बिस्तार गर्न आग्रह गर्दै उनले युवामैत्री स्वास्थ्य सेवाको लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...