Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजबाट खैराे हिराेइनसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साको टोलीले साेमबार सांझ वीरगंजबाट लागु औषध खैराे हिराेइनसिहत २ जनालाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर ८ स्थित सडकखण्डबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय बिनोद प्रसाद गुप्ता र सोही ठाउँका ३८ वर्षीय फिरोज चौधरी पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

शंकास्पद अवस्थामा भेटिएपछि चेकजाँच गर्दा बिनोद प्रसाद गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको पोकाभित्र लागुऔषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए । 

बरामद १ सय २ ग्राम खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थसहित निजहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...