Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

प्रहरीद्वारा पर्सा र बारामा लगाइएकाे ९ कठ्ठा गाँजा खेति नष्ट

spot_img
spot_img

वीरगंज । पर्साकाे ठाेरी गाउँपालिकामा अवैध रूपमा लगाइएकाे गाँजा खेती प्रहरीले नष्ट गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालयको एलआरपी चेकिङ टोली तथा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नं.५ स्थित ठोरी तथा सुवर्णपुर स्थितमा अवैध रूपमा लगाएको गाँजा खेती नष्ट गरेकाे हाे ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा आइतबार विहान खटिएकाे प्रहरी टाेलीले अवैधरूपमा लगाइएको २ कठ्ठामा ७ सय गाँजाको बोट फडानी तथा नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

उक्त गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने प्रवक्ता थापाले वताए ।

यसैगरी बारामा लगाइएको ७ कट्ठा गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय नीजगढबाट खटिएको प्रहरीकाे टाेलीले दुई स्थानमा गरी ७ कठ्ठामा लगाइएको अन्दाजी ६ हजार गाजाको बोट फडानी गरी नष्ट गरेको हो ।

नीजगढ नगरपालिका वडा नम्बर १२ भक्तलालमा ४ कठ्ठा र कोलगाँउमा ४ कठ्ठा गरी ७ कट्ठा गाँजाखेती फडानी गरी नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

गाँजा खेती गर्नेहरुकाे पहिचान गरी उनिहरुलाई पनि पक्राउ गरिने उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...