Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज महानगरकाे ज्येष्ठ पत्रकार पेन्सन योजना कार्यान्वयनमा लैजान निर्णय

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको आमसंचार माध्यम प्रर्बद्धन तथा नियमन समितिको बुधबार सम्पन्न बैठकले ज्येष्ठ पत्रकार पेन्सन योजनाको कार्यबिधी तयार भईसकेको हुँदा त्यसलाई नगर परिषदबाट पारित गरेर कार्यान्वयनका लागि लैजाने निर्णय गरेको छ ।

बैठकले संचारकर्मीहरुका सूचना विज्ञापन प्रकाशन बापत लेखा शाखामा रोकिएको भुक्तानीको लागि आवश्यक समन्वय गरी तत्काल भुक्तानी गराउने निर्णय गरेको छ । यसैगरी बैठकले महानगरपालिकाबाट जारी हुने सूचना विज्ञापनहरु एकद्वार प्रणालीबाट बितरण गर्ने र सूचना शाखाबाट समानुपातिक ढंगले सूचना र विज्ञापन वितरण गरी भुक्तानीका लागि सूचना शाखाको सिफारीस अनिवार्य गर्ने निर्णय गरेको छ ।

बैठकले सूचना शाखाको जानकारी बिना सूचना टेण्डरहरु जाने गरेको देखिएको हुँदा अन्यथा यस्ता गतिबिधिको जवाफदेहि समिति नहुने निर्णय गरेको छ ।

यसैगरी बैठकले लोक कल्याणकारी विज्ञापनको दोस्रो त्रैमासिक भुक्तानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।

आमसंचार माध्यम प्रबर्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्य अनुप तिवारी, राम शर्राफ, बृजलाल पासवान, मनोज पटेल, माधुरी महतो, अमित अग्रवाल, आबिद हुसैन, महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकार, प्रकाशन प्रशारण तथा सूचना शाखा प्रमुख एवं समितिका सदस्य सचिव हरिओम प्रसाद चौधरी, कानुन अधिकृत ईश्वर बराल लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...