Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बिदेशबाट पार्सल गरी पठाईएको लागु औषधसहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले युएसएबाट पार्सल गरी पठाईएको लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले साेमबार दिउसाे ३ बजे ३ जनालाई नियन्त्रणमा लिएकाे हाे । 

विदेशबाट लागु औषध डिलेभरी हुँदैछ भन्ने सूचनाको अधारमा खटिएकाे प्रहरीले लागु औषधसहित वीरगंज महानगरपालिका वडा नं.१ सिसवा बारी निवासी २२ बर्षिय नैमोदिन मियाँ, बजार छपकैया निवासी २७ बर्षिय जितेन्द्र साह सोनार र २२ बर्षिय कृष्णा सराफलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पक्राउ परेकाहरुकाे साथबाट पप्पकर्न मिक्स ट्रियाे लेखिएको रातो रंगको टिनको डब्बा भित्र गाँजा ३ तिन प्याकेट, ओल्ड फैस्नेड ओएट्स लेखिएकाे डब्बा भित्र गाँजा १ प्याकेट र क्युक ओएट्स लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

कलैया उप-महानगरपालिका वडा नं.१ मोतिबाग स्थित रहेको जिल्ला हुलाक कार्यालय कलैया, बारा नजिक विदेशबाट आएको उक्त कार्टुन समेत लागु औषध गाँजा सहित नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...