Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बाराबाट ट्रान्सफरमा चोरी गर्ने भारतिय नागरिक पक्राउ

spot_img
spot_img
वीरगं‍ज । बारा प्रहरीले नेपाल विधुत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा चाेरी गरेकाे आराेप एक जना भारतिय नागरिकलाई पक्राउ गरेकाे छ ।
 
ट्रान्सफरमा चाेरी गर्ने भारत बिहारकाे मोतिहारी जिल्ला, विन्धवा सोनीमा ग्राम बस्ने २२ बर्षिय जैसिलाल यादवलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । 
 
प्रहरीका अनुसार नेपाल विधुत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं.०३ श्रीनगर बैरियाबाट मंसिर १३ गते राति र पचरौता नगरपालिका वडा नं.०५ बेल्दारी स्थितबाट मंसिर २३ गते चोरी भएको थियाे ।
 
साेही ट्रान्सफरमा र चोरलाई खोजलतास गर्दै जाने क्रममा पचरौता नगरपालिका वडा नं.०५ टियर खोलामा लुकाई छिपाई राखेको चोरी भएको समान सहित यादवलाई साेमबार सांझ ६:३० नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।
 
पक्राउ परेका यादवकाे साथबाट एच टि काेयल २ थान र एल टी काेयल ६ थान बरामद समेत भएकाे प्रहरी नायब उपरिक्षक न्याैपानले जानकारी दिए ।
 
यादव विरुद्ध चोरी मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...