Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा भोजपुरी सिने अवार्ड सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपालमै पहिलो पटक वीरगंजमा भोजपुरी सिने अवार्ड सम्पन्न भएको छ । लायन्स क्लबले स्वर्ण जयन्तीको अवसरमा नमस्ते नेपाल इन्टरटेन्मेन्टसँगको सहकार्यमा भोजपुरी सिने अवार्डको आयोजना गरेको हो । 

वीरगंजकाे नगर सभा गृहमा सम्पन्न समारोहबाट सर्वोत्कृष्ट भोजपुरी नायक (बेस्ट भोजपुरी एक्टर)को अवार्ड प्रदेशी साहले पाएका छन् । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नायक साहलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

यस्तै सर्वोत्कृष्ट नायिकाको अवार्ड सुष्मा अधिकारीले पाइन् भने सर्वोत्कृष्ट नवोदित नायकको अवार्ड जितेन्द्र पटेल र सर्वोत्कृष्ट नवोदित नायिकाको अवार्ड एलिना बास्कोटाले पाइन् । सर्वोत्कृष्ट खलनायकको अवार्ड घनश्याम गिरी, सर्वोत्कृष्ट निर्देशकको अवार्ड रमन बस्नेत, सर्वोत्कृष्ट गायकको अवार्ड सुनिल पडित, सर्वाेत्कृष्ट गायिकाको अवार्ड प्रसना पाण्डे, सर्वोत्कृष्ट निर्माताको अवार्ड सुरेन्द्रलाल प्रधान, सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड राम रिमाललाई प्रदान गरिएको छ । 

सर्वाेत्कृष्ट सर्जकको अवार्ड सुरेश सावरिया, सर्वाेत्कृष्ट मेलोडी गीतकारको अवार्ड मनोज अकेला, सर्वाेत्कृष्ट मेलोडी गायकमा मुकेश पाण्डे, सर्वाेत्कृष्ट निर्माता सुरेन्द्रलाल प्रधान, सर्वाेत्कृष्ट प्रोडक्सन हाउस शिवम आर फिल्मस्ले अवार्ड पाएका छन् । 

समारोहमा भोजपुरी सिनेमा क्षेत्रका विभिन्न २५ विधामा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो ।

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहसंगै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा नेपाली सिनेस्टार भुवन केसी, वरिष्ठ अभिनेता नीर शाह, निर्माता तथा निर्देशक छविराज ओझा, निर्देशक उज्वल घिमिरे लगायतले भोजपुरी सिने क्षेत्रका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।

लायन्स क्लब अफ वीरगंजले नेपालीसँगै भोजपुरी चलचित्र क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि भोजपुरी सिने अवार्ड आयोजना गरेको लायन्स क्लब अफ वीरगंज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैद्यले बताए । कार्यक्रमको सहजीकरण विवेक खतिवडा र निलिमा पौडेलले गरेका थिए । 

भोजपुरी सिने अवार्ड भनिएपनि भोजपुरी भाषा र भोजपुरी संस्कृति तथा कलाको प्रस्तुती नभएको भन्दै एकथरीले विरोध पनि जनाएका छन् । भाेजपुर अवार्ड नाम दिइए पनि कार्यक्रम समेत भाेजपुरीमा संचालन नगरिएपछि समाजिक संजालमा विराेध भइरहेकाे छ ।

यसैगरी आफै आयोजक भएरपनि आफै अवार्ड लिएको भन्दै नमस्ते नेपाल इन्टरटेन्मेन्टका अध्यक्ष प्रदेशी साहको आलोचना भइरहेको छ । भोजपुरी कलाकार एवम् साहित्यकारहरुले पनि सामाजिक सञ्जालमार्फत यस कार्यक्रमको विरोध गरेका छन् । 

यद्यपी चलचित्र विकास बोर्डमा सेन्सर पास भएका र दर्ता भएका भोजपुरी सिनेमामा काम गरेका कलाकारलाई मात्रै यस अवार्डमा समावेश गराएको भन्दै प्रदेशी साहले प्रतिक्रिया दिएका छन् । साथै कार्यक्रममा यहाँका सम्पूर्ण कलचर समेटन प्रयास गरिएकाे उनकाे भनाई छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...