Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

दिव्य विकास स्राेत केन्द्रकाे बार्षिक समिक्षा बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । दिव्य विकास स्राेत केन्द्रकाे जिल्ला स्तरिय बार्षिक समिक्षा बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ ।

जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा भएकाे बैठकमा सहभागिहरुले संस्थाले गरेका काम सराहनिय रहेकाे वताए । सरकारकाे आँखा नपुगेकाे ठाउँमा संस्थाले काम गरेकाे देखिएकाे बैठकमा वाेल्ने वक्ताहरुकाे भनाई थियाे ।

जिल्ला समन्वय समिति पर्साका उप प्रमुख पुरन पटेलले सरकारकाे आँखा नपुगेकाे ठाउँमा संस्थाले कठिन भन्दा कठिन काम गरेकाे वताए । उनले सडक ढलान मात्र विकास रहेकाे भन्दै समाजिक विकास पनि जरुरी रहेकाे वताए ।

उप प्रमुख पटेलले संस्थाले कम बजेटमा धेरै काम गरेकाे अनुगमनकाे क्रममा आफुहरुले देखेकाे वताए ।

बैठकमा संस्थाका कार्यक्रम प्रबन्धक गणेश ठकुरीले संस्थाले संचालन गरेका कार्यक्रमकाे बारेमा प्रस्तुती मार्फत जानकारी गराएका थिए ।

उनले संस्थाले संचालन गरेकाे स्थानिय अधिकार कार्यक्रम, स्वयंसेवक परिचालन कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम र किशाेर किशाेरी प्रजनन् स्वास्थ्य परियाेजना अन्तर्गत भएका काम र उपलब्धिकाे बारेमा जानकारि गराएका थिए ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन कुमार सर्राफकाे अध्यक्षतामा भएकाे बैठकमा गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का,  समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका महासचिव रामप्रबेश साह, दिव्य विकास स्राेत केन्द्रका अध्यक्ष उमेश चाैहान, कार्यकारी निर्देशक रामाकान्त पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...