Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

विवेकशील साझा पार्टीद्वारा सरकारी अस्पतालकाे सेवा सुधार गर्न ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । विवेकशील साझा पार्टीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठन, वीर अस्पतालकाे सेवा सुधारकाे लागि कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई ध्यानाकर्षण गराएको छ ।

देशको सबै भन्दा पुरानो तथा गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भएका नेपाली नागरिकहरूलाई नि:शुल्क र सर्वसुलभ हिसाबले सेवा प्रदान गर्दै आएको वीर अस्पतालमा पच्छिल्लो समय विभिन्न सेवा सुविधामा अवरोध आइरहेको कुरालाई लिएर विवेकशील साझा पार्टीको तर्फबाट महासचिव रन्जु दर्शना नेतृत्वकाे डेलिगेसनले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेललाई भेटेर ध्यानाकर्षण गराएकाे हाे ।

उक्त डेलिगेसनमा विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य कमला ढुङ्गाना, चन्द्र श्रेष्ठ, शीतल भुषाल, सनन श्रेष्ठ, बागमति प्रदेश अध्यक्ष अजित खड्का, सचिव शकिल अहमद, सदस्य अशोक अधिकारी, कोमलनाथ पौडेल र जिवेश कोईरालाकाे सहभागिता रहेकाे थियाे ।

देश भरिका जनतालाई सेवा दिइरहेको वीर अस्पतालमा सेवाको कटौटि हुनुभनेको नागरिकहरूको स्वास्थ्य सम्बन्धी अधिकारको हनन गर्नु हो । कहिले एक्स-रे गर्ने फ्लिमको अभाव, कहिले अति आवश्यक उपकरणहरू बिग्रिएको अवस्था आइरहन्छ । यति मात्र नभइ कैयौँ ल्याब प्रशिक्षण समेत बाह्य स्थानमा दिनुपर्ने अवस्था आउनु भनेको आम नागरिकको स्वास्थ्य माथि खेलवाड गर्नु भएकाे डिलिगेसनमा सहभागिहरुले वताएका छन् ।

स्वास्थ्य सेवा राज्यको दायित्व हो त्यसैले आर्थिक मन्दिको नाम दिएर स्वास्थ्य सेवामा कटौटि हुनु हुँदैन बरु सरकारका अन्य विलासि खर्च रोकिनु पर्ने महासचिव रन्जु दर्शनाले वताइन ।

१०० वर्ष भन्दा लामो समय भर्ना भएका बिरामीहरूलाई नि:शुल्क खाना प्रदान गरिरहेको अस्पतालले अब उपरान्त सो नगर्ने कुरा पनि गरिब जनताको हितमा नरहेकाे उनले वताइन ।

वीर अस्पताल लगायत देशै भरका सरकारी अस्पतालको स्थिति उजागर गर्दै सरकारलाई ध्यानाकर्षण गराउने र सरकारी अस्पतालहरूको सुधार, सेवामा सुधारको लागि दबाब दिँदै विरोधमा समेत हाम्रो योजना रहेको महासचिव दर्शनाले जानकारी दिइन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढी–६ काे कांग्रेस सभापतिमा जवाहिर लाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार पर्साको पर्सागढी नगरपालिका–६ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहिर लाल राउत अहिर...

पर्साको धोबिनीमा ५५ वर्षीया महिलाको हत्या, लाखौँका गरगहना चोरी

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा ५५ वर्षीया महिला घरभित्र मृत अवस्थामा फेला परेकी छन् । मृतक स्थानीय श्रीनिवास तुराहाकी श्रीमती लखराव देवी हुन्...

जिराभवानीकाे दुई विद्यालयमा शिक्षक नियुक्तिमा आर्थिक चलखेलको आरोप, निष्पक्ष छानबिनको माग

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाका दुई विद्यालयमा राहत करार शिक्षक नियुक्तिका क्रममा आर्थिक चलखेल भएको आरोप लागेको छ । शिक्षक नियुक्तिका लागि परीक्षार्थीसँग रकम...