Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

टेरामक्स लागू भयाे भने फाेनकाे गाेपनियत रहँदैन : प्रदिप यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदिप यादवले टेरामक्स प्रविधिकाे खरिद प्रक्रिया बन्द गर्न माग गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोन कल एवं म्यासेजको निगरानी र त्यसको गुणस्तर मापन गर्न भनेर नेपाल दुरसंचार प्राधिकरणले `टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम´ टेरामक्स प्रविधि खरिद प्रक्रिया अगाडि बढाइरहेका बेला सांसद यादवले बन्द गर्न माग गरेका हुन् ।

लेखा समितिकाे बुधबार बसेकाे बैठकमा सांसद यादवले कानुन नबनाई टेरामक्स प्रविधि खरिद तथा लागू गर्न नमिल्ने जिकिर गरे । यसले गाेपनियताकाे हक हनन हुने र उच्च पदस्थ लगायत सबैकाे कल रेकर्ड दुरूपयाेग हुने खतरा ओल्याए । `कानुन नबन्दै आफूखुसी व्याख्या गरि टेरामक्समा दुरसचारले जे गरेकाे छ, कानुन विपरीत छ । सर्वाेच्चकाे परमादेश विपरित छ । कानुन नबनाई टेरामक्स किन अगाडि बढाइयाे ?´ उनले साेधे ।

नियामक निकायबाट अहिले पनि अनुमतिबिना कल डिटेल निस्किरहेकाे भन्दै उनले भने, `कानुनले अदालतकाे अनुमतिमा लेउ भन्छ । तर, आफूखुसी निकालिएकाे छ । नम्बर मेटाएर रेकर्ड निकालिरहेका छन् ।´

यस्ताे अवस्थामा टेरामक्स लागू भयाे भने राष्ट्र प्रमुख, विपक्षी दलकाे नेता कसैकाे पनि गाेपनियता बाँकी नरहने भन्दै उनले टेलिकम र एनसेलका कर्मचारीले फाेन रेकर्ड गरेर दुरुपयोग गर्ने चिन्ता व्यक्त गरे ।

`त्यसै त अहिले पनि अनुमति नलिइ थाहा नदिएर रेकर्ड गरिरहेकाे छ । त्यसैले यसलाई तुरून्त राेक्नुपर्छ,´ उनले भने । टेरामक्सका नाममा दुरसंचारलाई खुफिया एजेन्सीजस्ताे बनाउन खाेजिएकाे भन्दै यादवले थपे, `कि खुफिया एजेन्सी भनेर जिम्मा दिनुपर्याे हाेइन भने याे टेरामक्स प्रक्रिया बन्द गर्नुपर्याे ।´

लेखा समितिलाई पंगु नबनाइयाेस्

सांसद यादवले अन्य समितिबाट कार्यक्षेत्र मिचेर लेखा समितिलाई पंगु बनाउन खाेजिएकाे टिप्पणी गरे । लेखाले उठाएकाे एनसेल शेयर खरिद प्रकरणलाई सुशासनकाे नाममा राज्य व्यवस्था समितिले बीचमै हाइज्याक गर्नु आपत्तिजनक भन्दै उनले यसलाई गम्भीरतापूर्वक लिएर सभामुखसँग कुरा राख्नुपर्ने बताए ।

`लेखा समितिलाई अरूले पंगु बनाउने काेसिस गरिरहेकाे छ । हामी सदस्यहरूसहित सभापति सभामुखकाेमा गएर ध्यानाकर्षण गराउनुपर्छ । कहिले सुशासनकाे नाममा त कहिले के नाममा कार्यक्षेत्र मिच्ने काम भइरहेकाे छ । याे हुन दिनुहुँदैन,´ उनले भने, `लेखा समितिकाे आफ्नाे सशक्त उपस्थिति हुनुपर्छ । कुनै विषय हामीले सुरू गर्ने अर्काेले हस्तक्षेप गर्ने कुरा स्विकार्य छैन ।´

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...