Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

गाेली हानेर रुपेश स्वर्णकारका सुटर सुजित सिंह पक्राउ

वीरगंज । बारा प्रहरीले रुपेश स्वर्णकारलाई गाेली प्रहार गर्ने भारतिय सुटरलाई नियन्त्रणमा लिएकाे छ ।

- Advertisement -

बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारलाई गाेली प्रहार गरि हत्या गर्ने भारतकाे माेतिहारी जिल्ला दर्पा थाना १ सुक्लिहा निवासी २५ बर्षिय सुजित कुमार सिंहलाई मंगलबार सांझ नियन्त्रणमा लिइएकाे बाराका प्रहरी उपरिक्षक (एसपी) सुरेश काफ्लेले वताए ।

बाराकाे बिश्रामपुर गाउँपालिका वडा नं. ३ स्थित भारतिय सिमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएकाे एपसी काफ्लेले वताए । सिंहलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि गाेली प्रहार समेत गरेपछि जवाफी फायरिङ गरि नियन्त्रणमा लिइएकाे एसपी काफ्लेले वताए ।

प्रहरीकाे गाेली चलाएकाे गाेली भारतिय सुटर सिंहकाे खुट्टा लागेकाे छ । उनकाे हाल कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे छ । 

कार्तिक १३ गते प्रिन्सिपल स्वर्णकार दुई वटा माेटरसाइकलमा आएका अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेकाे थियाे । त्यसकाे करिब दुई महिनामा सुटरलाई बारा प्रहरीले गाेली चलाएर नियन्त्रणमा लिन सफल भएकाे हाे ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज सडक विस्तार विवाद फेरि सर्वोच्चमा, कारण देखाऊ आदेश जारी

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारसम्बन्धी विवाद फेरि सर्वोच्च अदालत पुगेको छ । वीरगंजका मदन प्रसाद रौनियारसहित १९ जनाले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

बैधनाथ आमा तथा बाल अस्पतालको अध्यक्षमा सुधीर प्रसाद सिंह नियुक्त

सर्लाही । सर्लाहीकाे धन्कौल गाउँपालिका स्थित बैधनाथ आमा तथा बाल अस्पतालको अध्यक्ष पदमा समाजसेवी सुधीर प्रसाद सिंहलाई मधेश प्रदेश सरकारले नियुक्त गरेको छ ।...

उज्यालो नेपाल पार्टी मधेशको बैठक सम्पन्न, संगठन विस्तार र “जेनजी फ्रन्ट लाइन” अभियान सञ्चालन गर्ने निर्णय

वीरगंज । उज्यालो नेपाल पार्टी, मधेश प्रदेश समितिको बैठक आइतबार जनकपुरमा सम्पन्न भएको छ। बैठक रामकिशोर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथिका...