Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

गाेली हानेर रुपेश स्वर्णकारका सुटर सुजित सिंह पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले रुपेश स्वर्णकारलाई गाेली प्रहार गर्ने भारतिय सुटरलाई नियन्त्रणमा लिएकाे छ ।

बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारलाई गाेली प्रहार गरि हत्या गर्ने भारतकाे माेतिहारी जिल्ला दर्पा थाना १ सुक्लिहा निवासी २५ बर्षिय सुजित कुमार सिंहलाई मंगलबार सांझ नियन्त्रणमा लिइएकाे बाराका प्रहरी उपरिक्षक (एसपी) सुरेश काफ्लेले वताए ।

बाराकाे बिश्रामपुर गाउँपालिका वडा नं. ३ स्थित भारतिय सिमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएकाे एपसी काफ्लेले वताए । सिंहलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि गाेली प्रहार समेत गरेपछि जवाफी फायरिङ गरि नियन्त्रणमा लिइएकाे एसपी काफ्लेले वताए ।

प्रहरीकाे गाेली चलाएकाे गाेली भारतिय सुटर सिंहकाे खुट्टा लागेकाे छ । उनकाे हाल कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे छ । 

कार्तिक १३ गते प्रिन्सिपल स्वर्णकार दुई वटा माेटरसाइकलमा आएका अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेकाे थियाे । त्यसकाे करिब दुई महिनामा सुटरलाई बारा प्रहरीले गाेली चलाएर नियन्त्रणमा लिन सफल भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...