Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारा प्रहरीले एक करोड भन्दा बढीकाे अबैध प्याज भन्सार बुझायाे

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले एक कराेड भन्दा बढी मुल्य बराबरकाे अवैध प्याज नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत असोजदेखि हालसम्ममा भन्सार छलीका १ करोड १ लाख ५८ हजार ७ सय रूपैया मुल्य बाराबरको अबैध प्याज नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज र राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको हाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रही नायब उपरिक्षक दधिराम न्याैपानेका अनुसार प्रहरी चाैकी पथलैयाले विभिन्न मितिमा ९६ लाख ६२ हजार ९ सय मुल्य बराबरकाे अवैध प्याज नियन्त्रणमा लिएकाे थियाे ।

त्यसैगरी इलाका प्रहरी कार्यालय अमलेखगंजले मंसिर २६ गते २ लाख ३७ हजार ५ सय र इलाका प्रहरी कार्यालय जितपुरले पुस ५ र ७ गते नियन्त्रणमा लिएकाे २ लाख ५८ हजार ३ सय मुल्य बराबरकाे अवैध प्यास वीरगंज भन्सार कार्यालय र राजश्व कार्यालय पथलैयामा बुझाइएकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...