Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा लागु औषधसहित ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बाराका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।बजनी र निजगढबाट गरि चार जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नंबर ३ बजनीबाट प्रदेश २–०३–०१६ प ०८८८ नंम्बरको मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १ का ४३ वर्षिय शंकर प्रसाद यादव र त्यसमा सवार २४ वर्षिय मनिषकुमार साहलाई ८ सय ९९ पिस लागु औषधसहित पक्राउ गरेको हो । उनिहरुको साथबाट फेनरागन २९६ पिस, डाईजेपाम ३०३ पिस र नोर्फिन ३०० पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नंबर ९ शहिद चोकबाट ट्रमालिन १ सय ८० पिस ट्याब्लेटसहित निजगढ ८ बुद्ध चोकका २० वर्षिय विवेक मोक्तान र जीतपुर सिमरा १६ टांगियावस्तीका २० वर्षिय सागर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...