Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज महानगरद्वारा भीमसेन मन्दिरलाई खानेपानी पाइप सहयोग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले पर्साको ठोरी गाउँपालिका  ५ सुवर्णपुरस्थित भीमसेन मन्दिरमा खानेपानी आपूर्तिका लागि पाइप सहयोग गरेको छ ।

मन्दिर परिसरमा खानेपानीको आपूर्तिका लागि पाइप आवश्यक भएको र त्यसका लागि नेवा: देय् दवु सुवर्णपुरले आग्रह गरेपछि वीरगंज महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाले पाइप सहयोग गरेको हो ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले सोमबार मन्दिर परिसरमै नेवा: दय् दवुका अध्यक्ष चन्द्रबहादुर नेवारलाई कालो पोलिथिन पाइप ५० एमएमको ७ सय मिटर, ३२ एमएमको १ सय मिटर र रिडर १ थान हस्तान्तरण गरेका छन् ।

मन्दिर परिसरमा खानेपानीको समस्या भएको र सहयोगका लागि आग्रह आएपछि महानगरका मेयर सिंहको निर्देशनमा महानगरपालिकाले पाइप र रिडर उपलब्ध गराइएको स्वकीय सचिव घिमिरेले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...