Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरमा निशुल्क आँखा शिविर, ८८६ जना लभान्वित

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकामा आइतबार निशुल्क आँखा जाँच शिविर सम्पन्न भएकाे छ । पकहाँ मैनपुर गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल तथा वीरगंज सामुदायिक आँखा केन्द्र वीरगंजकाे प्राविधिक सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. ३ स्थित श्री रामचरीचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरमा भएकाे शिविरमा ८८६ जना आँखा परिक्षण गराएका छन् । जस मध्ये ३३५ जनामा मोतियाबिंद फेला परेकाे आयाेजकले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताकाे अध्यक्षतामा भएकाे शिविरकाे उद्घाटन प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।

शिविर उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रदेश सांसद क्षेत्रीले राेका रहेकाे सांसद काेषकाे वजेट चलाउन पाए क्षेत्र अन्तर्गतकाे प्रत्येक वडामा आँखा शिविर संचालन गरी चस्मा पनि वितरण गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद क्षेत्रीले महिलाहरुको पाठेघरको समस्या धेरै रहेकोले सचेत हुन आग्रह गरे । उनले पालिकबाट त्यसकाे लागि शिविर पनि सञ्चालन गर्न आग्रह गरे ।

गाउँपालिका अध्यक्ष मेहताले प्रत्येक बर्ष गाउँपालिकाले आँखा शिविर आयाेजना गर्ने जनाए । निशुल्क शिविरमा सहभागि भई माेकाकाे फाइदा उठाउन उनले गाउँवासी आग्रह समेत गरे ।

शिविरमा माेतियाबिंद फेला परेकाहरुकाे पुष १२ गते शल्यक्रिया समेत गरिने प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीले जानकारी दिए ।

उद्घाटन समारोहमा वडाध्यक्ष मुकुट चौहान, सञ्जय चौहान, डेढी यादव, बलिराम चौरसिया, कांग्रेसका नेता लक्ष्मण पटेल, पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ, कार्यपालिका सदस्य रामबहादुर साह सोनार, नेक महमद मियाँ, युवा नेता राकेश कुशवाहा, बिरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमकाे सञ्चालन अनिल साहले गरेका थिए । 

शिविरमा डाक्टर गौरीशंकर गुप्ता, डाक्टर प्रभात चौरसिया, सहयोगी मुस्कान श्रेष्ठ, पावन धामी लगायतकाले सहभागिहरुकाे आँख चेक जाँच गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...