Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा मोटरसाइकल दुर्घटनामा दुई युवककाे मृत्यु

spot_img
spot_img

वीरगंज । बाराकाे प्रसौनी गाउँपालिका वडा नं.२ दुधौरा खोला पुलस्थित शुक्रबार राति माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।

कलैया उप-महानगरपालिका वडा नं. १३ बलिरामपुर निवासी २२ बर्षिय कुन्दन मेहता खत्री र कलैया उप-महानगरपालिका कै वडा नं. १२ सितलपुर निवासी २२ बर्षिय अभिमनु कुशवाहाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

कलैयाबाट वीरगंज तर्फ जादै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरकाे मोटरसाइकल आफै अनियन्त्रित भई सोही पुलको बाँया साईडको पिलरमा ठोकी मोटरसाइकलमा सवार दुबै जना गम्भिर घाईते भएका थिए ।

उपचारकाे क्रममा घाइते खत्रीकाे शुक्रबार राति नै १२:४० बजे एलएस न्युराे अस्पताल र घाइते कुशवाहाकाे नेशनल मेडिकल कलेजमा ०१:५० बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

मृतक मध्येका खत्री कलैया उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष राजेश मेहता खत्रीका छाेरा हुन् । अर्का मृतक कलैया उप-महानगरपालिका वडा नं. १२ सितलपुर निवासी बिनोद प्रसाद कुशवाहाका छोरा हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...