Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

बारामा स्कारपिओबाट लागु औषध गाँजा बरामद

spot_img
spot_img

वीरगंज । बारामा स्कारपिओ गाडीबाट लागु औषध गाँजा बरामद भएकाे छ । प्रहरी चौकी, पथलैयाबाट खटिएको प्रहरी टोलिले शुक्रबार विहान ६:३० बजे डिएल ४ सिएनबि ३६८१ नम्बरकाे स्कारपिओबाट ३६ किलो लागू औषध गाँजा बरामद गरेकाे हाे ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयास्थित सर्भिस लाईनमा पार्किङ गरी राखिएकाे भारतीय स्कारपिओ गाडी शंकास्पद लागि चेकजाँच गर्दा गाडीको पछाडीको भागमा बक्स बनाई उक्त बक्स भित्र लुकाई छिपाई राखेको ३६ किलो अबैध लागू औषध गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

उक्त लागु औषधसहित गाडि नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी  बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...